दक्षिण कोरियामा १३ हजार भन्दाबढी आप्रवासीले धरपकडको अवधीमा कोरिया छोडेका छन्। भिसाको अवधी सक्किएर पनि कोरियामा बसिरहेका विभिन्न देशका १३ हजारभन्दा आप्रवासीले कोरिया छोडेका हुन्।
कोरियाको न्याय मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २ महिनामा १३ हजार भन्दा आप्रवासी नागरिकले देश छाडेका हुन्। कोभिडको महामारीको अवधी र त्यसभन्दा अगाडि भिसाको म्याद सकिएर कयौं आप्रवासीले देश छोडेका थिएनन्। सरकारले अवैध रूपमा बसोबास गरिरहेका आप्रवासी नागरिकहरुलाई गत अक्टोबरबाट धरपकड कार्यक्रम सुरु गरेको थियो।
कोरिया छाड्नेमा धरपकडमा परेका आप्रवासीका साथै स्वेच्छिक प्रस्थान कार्यक्रमबाट पनि कोरिया छाड्ने छन्।
कुल ७ हजार ५ सय ७८ जना कागजातविहीन आप्रवासी कामदारहरू क्र्याकडाउनमा पक्राउ परेका थिए, र तीमध्ये ६ हजार ८ सय ६३ जना लाई जबरजस्ती देश छोड्न आदेश दिइएको थियो l अन्य २सय ८ जनालाई जरिवाना गरिएको छ र बाँकी लाइ अनुसन्धानमा राखिएको बताएको छ l
मन्त्रालयला अनुसार थप ५ हजार २ सय ४७ गैरकानुनी आप्रवासीहरूले स्वैच्छिक प्रस्थान कार्यक्रम मार्फत देश छोडेका छन्, जसमा जरिवाना छुट र प्रवेश प्रतिबन्धको निलम्बन दिइएको छ ।
साथै, १२जना अवैध रोजगार दलाल तथा काममा लिने १,७०१ रोजगारदातालाई जरिवाना गरिएको छ।
यस वर्षको सुरुदेखि नै सञ्चालनमा रहेको नियमित अवैध बसाइ क्र्याकडाउन प्रणालीमार्फत अप्रिलसम्ममा अवैध आप्रवासीको संख्या २५ हजारले घटाएको मन्त्रालयले जनाएको छ ।