नेपाल प्रहरीका २२ जना प्रहरी नायब उपरीक्षक डीएसपी प्रहरी उपरीक्षक एसपीमा बढुवाका लागि सिफारिस भएका छन् ।शुक्रबार बसेको बढुवा समितिको बैठकले एसपी बढुवामा सिफारिस भएका डीएसपीको नाम सार्वजनिक गरेको हो ।डिएसपी गौतम कुमार केसीलाई १ नम्बरमा बढुवा सिफारिस गरिएको छ ।
एसपीमा बढुवा सिफारिस हुनेहरूमा वसुन्धरा खड्का, नवराज कार्की, गोविन्द पुरी, रामप्रसाद घर्तिमगर, वासुदेव पाठक, रुपेश खड्का, मिलन केसी, भावेश रिमाल, श्याम बहादुर खत्री, शालिग्राम शर्मा, हरिहरनाथ योगी, श्याम कुमार राई, र गोविन्दराज काफ्ले लगायत छन् । बढुवा समितिको निर्णयविरुद्ध ७ दिनभित्र लोकसेवा आयोगमा उजुरी दिन सकिन्छ । उजुरी नपरेमा गृहमन्त्रीले सो सिफारिसलाई बढुवा नियुक्ति निर्णय गर्नुपर्ने कानुनी व्यवस्था छ ।