कमला केसी/दक्षिण कोरिया
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कोरियाको महाधिवेशनका लागि बुद्धि गुरुङले आफ्नो उम्मेदवारीको घोषणा गर्ने तयारीमा जुटेका छन्। गुरुङले नवौं अध्यक्ष पदका लागि आउदो मे २० तारिखमा उम्मेदवारी घोषणा गर्न लागेका हुन्।
बिहीवार सञ्चारकर्मीहरुलाई गुरुङले निक नेपाल ट्राभल्स दोङ्देमुनको शभाहलमा एउटा कार्यक्रम आयोजना मार्फत आफ्नो प्रतिबद्धता सहित उम्मेदवारी घोषणा गर्ने बताएका छन्।
गुरुङले उक्त कार्यक्रममा शुभकामना एबं एक्यवद्धताका लागी कोरिया स्थित संघ संस्थामा कार्यरत समाजसेवि, संचारकर्मि, व्यवसायी, बिद्यार्थी तथा सम्पुर्ण श्रमिकहरुलाई समेत उपस्थितिको लागि निमन्त्रणा गरिसकेको बाताए।
लामो समय कोरियामा आफ्नो व्यवसाय गर्दै आएका गुरुङले कोरियामा नेपालीलाई पर्ने गाह्रो तथा समस्या सहजीकरण गर्दै आईरहेका छन् । गुरुङले आगामी दिनमा केहि नयाँ योजना र प्रतिबद्धताका साथ आफ्नो उम्मेदवारी दिन लागेको हुनाले कार्यक्रममा बहुसंख्यक ब्यक्तिहरुलाई उपस्थित भएर हौसला बढाईदिन अनुरोध समेत गरेका छन्।
तपशिलः
मिति: २० मे २०२३, शनिबार
समय: बेलुकी ७ बजे
स्थान-निक ट्राभल एण्ड रेष्टुरेण्ट(सभा हल), दोङदेमुन
असमर्थताको लागिः ०१०-४२२७-९५५५, ०१०-५८४९-२२५७
प्रार्थी,
व्यवस्थापन तथा प्रचार प्रसार समिति २०२३