मकवानपुरको हेटौडाका एकै घरकी दुई बालिका सम्पर्क विहिन भएका छन । गत बैशाख ८ गते काठमाडौ जाने भनेर घर बाट हिडेका दुइ बालिका सम्पर्क बिहिन भएपछि परिवारले खोजिगर्दिन सबैलाई आग्रह गरेको छ । मकवानपुर हेटौडा उ.म.न.पा. वडा नम्बर १५ कर्णेखोला सल्लेघारी निवासी कान्छीमाया तामाङकी १७ वर्षीय छोरी पासाङ तामाङ र १२ वर्षकी बिमला तामाङ काठमाडौ बाट सम्पर्क विहिन भएका हुन । बैशाख ८ गते काठमाडौँ दिदि सोविता तामाङको घरमा जाने भनेर हिडेका दुई जना बालिकाहरु सम्पर्क बिहिन भएपछि आमाले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा गत बैशाख २४ गते खोजिगरिदिन निवदेन समेत दिनु भएको छ ।
आमाका अनुसार वैशाख १० गते बिहान सात बजेको समयमा छोरी पासाङले केही मिनेट कुरा गरेर केही केटाहरुको साथमा इलाम घुम्न जान लागेको जानकारी गराएकी थिइन । तर कान्छी छोरी बिमलाले ममि ममि भन्दा भन्दै कुरा गर्न नदिएर फोन अफ गरिएको आमाले बताउनु भयो । पासाङ एक वर्ष अगाडी बाट काठमाडौको माछापोखरीको एक होटलमा काम गर्दै आएको समेत बताइएको छ । लामाे समय सम्म उनीहरू सम्पर्कमा नआउनुमा कि कसैको नियन्त्रणमा रहेकोे वा भारत तर्फ कसैले लिएको हुन सक्ने स्थानीय समाजसेवी महिला नेतृ शान्ति स्याङबाे लाेप्चनले बताउनुभयो ।हामीले प्रहरीलाई यसको अनुसन्धान गर्न पहल गरिरहेका छाै,यी बालिकालाई देख्ने जाे काेहिले पनि परिवारलाई खबर गरेर सहयोग गरिदिन शान्तिले अनुरोध गर्नुभयो ।
निजहरुले प्रयोग गर्दै आएको मोवाइल नम्बर ९७६२२७०७३० हाल स्वीच अफ रहेको छ । आर्थिक अवस्था कमजोर भएकी आमा कान्छिमाया तामाङ सात छोरीकी आमा हुनुहुन्छ । छोरीहरुको खोजी गर्न जाने उनी सँग आर्थिक अवस्था पनि छैन । बेपत्ता छोरीहरुलाई फेला पार्नुहुने महानुभावहरुले आमा कान्छीमायाको नम्बर ९७६५९५७५४९ वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन सक्नु हुनेछ ।