संविधानसभा पूर्व अध्यक्ष समेत रहेका नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वङको निधन भएको छ । नेम्वाङको केहीबेर अघि त्रिवि शिक्षण अस्पतालमा निधन भएको एमालेले जनाएको छ ।
घरमै ह्दयघात भएपछि राति करिब १ बजे ह्दयघात भएपछि अस्पताल लगिएको नेम्वाङका स्वकीय सचिव कृष्ण काफ्लेले बताएका छन । अहिले एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरू त्रिवि शिक्षण अस्पतालमा जम्मा भैरहेका छन । इलामबाट प्रतिनिधिसभामा विजयी नेम्वाङका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।