स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण परीक्षणका लागि खरिद गरि ल्याएको ¥यापिड टेस्ट किट नक्कली भएको पाइएको छ । उक्त किट प्रयोग नगर्न आग्रह गरिएको छ । मन्त्रालयले नेपाल सरकार र विश्व स्वास्थ्य संगठनको मापदण्डविपरीतका किटहरु प्रयोग नगर्न आग्रह गरेको खबर आजको नागरिक दैनिकले प्रकाशित गरेको छ ।‘यो किट प्रयोग गरेर गरिएको परीक्षणमा रिपोर्ट गलत आउने गरेको पाइएकाे छ ।
त्यसैले विश्व स्वास्थ्य संगठनले यो किट प्रयोग गर्न लायक नभएको निक्र्यौल गरेको अवस्था छ,’ स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालका सल्लाहकार डा.खेम कार्कीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘यसको प्रयोगमा विश्वभरि समस्या आएको पाइएपछि विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले अनुमति नदिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको परीक्षणमा हालसम्म विश्व स्वास्थ्य संगठनले स्विकृती नदिएको ¥यापिड टेस्ट किट खरिद गरेको पाइएको हो ।
चीनबाट आइबिसिआईले स्वास्थ्य मन्त्रालयमा ७५ हजार थान यस्ता किट ल्याएको छ । मन्त्रालयले प्रति किट ८ डलरमा यस्ता किट खरिद गरेको हो । ७५ हजार किटका लागि ६ लाख डलर अर्थात ७ करोड २० लाख नेपाली रुपैयाँ परेको छ ।
मन्त्रालयले खरिद गरेको उक्त किटको प्रभावकारितमा प्रश्न उठेपछि स्पेनले फिर्ता गरेको थियो। विश्व स्वास्थ्य संगठनले पनि उक्त किट प्रयोग नगर्न भनेको छ ।