दक्षिण कोरियामा सुदुरपश्चिमेलिहरु द्वारा स्थापित ‘सुदुरपश्चिम् समाज दक्षिण कोरिया’ को साधारण सभा तथा अधिवेशन सेप्टेम्बर २९ तारिखमा हुने भएको छ। कोरियामा मनाइने प्रसिद्ध पर्व छुसकको दोस्रो दिन उक्त साधारणसभा हुन लागेको हो।
‘आपसी एकता सामुहिक उत्तरदायित्व, सुदुरपश्चिम् समाज दक्षिण कोरियाको स्थायित्व’ भन्ने मूल नाराका साथ सुदुरपश्चिम् समाज कोरियाले साधारणसभा तथा अधिवेशनको मिति टुङ्गो लगाएको छ। कार्यक्रम २९ तारिक मध्यान्ह १२ बजे राजधानी सउलमा हुने तय गरिएको छ।
आयोजकले सुदुरपश्चिम् स्थायी घर भइ हाल कोरियामा रहेका सम्पुर्ण व्यक्तिहरुलाई कार्यक्रममा उपस्थित हुन अपिल गरेको छ।