सुदुरपश्चिम समाज दक्षिण कोरियाले मुटु रोग विरामी वीर बहादुर सापकोटाको लागि आर्थिक संकलन अभियान सन्चालन गरेको छ । कोरिया प्रवेश गरेको दुई महिना नबित्दै सापकोटा को मुटुमा समस्या आएको थियो ।
कैलाली घर भएका सापकोटा इपिएस मार्फत रोजगारिको लागि कोरिया आएका थिए ।अस्पताल स्रोतको अनुसार मुटुको सल्यक्रिया गरि एउटा भल्भ फेर्नु पर्ने जनाएको छ ।कोरिया आउने बितिकै बिरामी परेका सापकोटालाइ ठूलो आर्थिक संकट परेको छ ।
सुदुरपश्चिम समाज दक्षिण कोरियाको पहलमा आर्थिक संकलन अभियान चलाएको छ ।समाजका पुर्व महासचिव ओम साउदले समाजले सापकोटा लागि केही उपचार मा राहत होस भनेर अभियान संचालन गरेको जानकारी गराए ।
अस्पतालसंग समन्वय भने समाजका निवर्तमान महसचिव महेश बजगाइले गरिरहेका छन । सापकोटा को वारेमा केही जानकारी लिनको लागि बजगाइ संग जानकारी लिन सकिने सुदुरपश्चिम समाज दक्षिण कोरियाले जनाएको छ ।