दक्षिण कोरियामा सुदुरपश्चिमेलिहरु द्वारा स्थापित ‘सुदुरपश्चिम् समाज दक्षिण कोरिया’ नयाँ कार्यसमिति चयन भएको छ। असोज २७ गते सुदुरपश्चिम् समाज कोरियाको निर्वाचन समितिको बैठकबाट मडैको नेतृत्वमा सुदुरपश्चिम् समाज दक्षिण कोरियाको नयाँ कार्यसमिति गठन भएको हो।
गत सेप्टेम्बर २९ तारीखमा सम्पन्न समाजको १७औं साधारणसभाबाट मडैको नेतृत्वमा सुदुरपश्चिम् समाज दक्षिण कोरियाको नयाँ कार्यसमिति चयन भएको थियो। तर, उक्त कार्यसमिति चयन गर्दा केहि समस्या आएको भन्दै अक्टोबर १४ मा केही हेरफेर गरि सर्वसम्मतिमा पुनः कार्यसमिति चयनको टुंगो लागेको छ।
मडौको नेतृत्व टुंगो लागेको नव कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा दिपेन्द्र रोकाया, उपाध्यक्षमा टंकेश्वर खड्का, विकास बोहरा, प्रेम खड्का तथा महासचिवमा कृष्ण भण्डारी, सचिवमा नेत्र कुवर र दशरथ सिंह पाली, कोषाध्यक्षमा तिर्थ राज पनेरू तथा सह-कोषाध्यक्षमा झलक बहादुर विष्ट साधारणसभाबाट निर्वाचित भएका छन्।
अक्टोबर १४ बसेको बैठकले नयाँ कार्यसमिति भित्र नपरेका निर्वाचनमा उम्मेदवारी दिएकाहरुलाई समाजमा पुर्याउदै आएको योगदानलाई आधार मानी विभिन्न विभाग एवं अन्य समितिमका जिम्मेवारीमा मनोनीत गर्ने निर्णय समेत भएको जनाइएको छ।
नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको सपथ तथा पदभार ग्रहण आईतबार कोरियाको राजधानी सिओलमा सम्पन्न भएको निर्वाचन समितिका संयोजक लाल वहादुर साउदले बताए।