दक्षिण कोरियामा करिब ४० लाख रोजगारी आगामी दुई दशकमा खतरामामा पर्ने देखिएको छ। कोरियाली केन्द्रीय बैंकको एक अध्ययनले आर्टिफिसियल इन्टेलिजेन्स टेक्नोलोजी (एआई) ले प्रतिस्थापन गर्ने जोखिम रहेको तथ्य सार्वजनिक गरेको हो ।
दक्षिण कोरियामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) टेक्नोलोजीमा भएको द्रुत प्रगतिले प्रशस्त जागिर गुमाउने र साइबर आक्रमण हुने देखि लिएर मानिसहरूले डिजाइन गरेका प्रणालीहरूको नियन्त्रण गुम्न सक्ने कुरामा विश्वव्यापी चिन्ता पैदा गरेको केन्द्रिय बैंकको अध्ययनले जनाएको छ।
बैंक अफ कोरियाको नयाँ अध्ययनले दक्षिण कोरियामा(एआई) अपनाउने क्रम बढ्दै गएकोले दक्षिण कोरियामा करिब ३.९ मिलियन रोजगारी जोखिममा रहेको बताएको छ, जसमा डाक्टर, वकिल, एकाउन्टेन्ट र रसायनशास्त्रीहरू सबैभन्दा खतरामा परेका पेशाहरू हुन्।
उच्च शैक्षिक पृष्ठभूमि भएका तथा उच्च आय भएका कामदारहरूले(एआई) को ठूलो जोखिमको सामना गर्नुपर्ने र उनीहरूलाई प्रतिस्थापन गर्ने ठूलो जोखिम रहेको केन्द्रिय बैंकको नोभेम्बर १६ मा सार्बजनिक भएको अध्ययनले जनाएको छ।
आखिर के हो आर्टिफिसियल इन्टेलिजेन्स?
कलकारखानामा अधिकांश मेसिनहरू एउटै काम बारम्बार गरिहने हुन्छन् । यस्ता मेसिनलाई स्मार्ट मेसिन भनिँदैन । मानिसको निर्देशन बुझ्ने, अनुहार चिन्ने, आफैं गाडी हाँक्ने वा जित्नका लागि कुनै खेल खेल्ने सोचविचार गर्नसक्ने कृत्रिम बुद्धिलाई एआई भनिन्छ।
एआईले अनेकौं प्रकारले सघाउँछ । जस्तो कि एप्पलको सिरी वा माइक्रोसफ्टको कोर्टानाले हामीले दिने निर्देशनअनुसार अनेकौं काम गर्छन् । कैयौं होटलमा रोबटले पाहुनाको स्वागत गर्छन्।
अहिले विश्वभर नै स्वचालित कारको विकास भइरहेको छ। यस्तै अनेकौं कम्प्युटर प्रोग्रामहरू छन्, जसले हामीलाई कैयौं विषयमा निर्णय लिन सघाउँछन् ।
जस्तो गुगलको एआई कम्पनी डिपमाइन्ड बेलायतका ब्रिटिस नेसनल हेल्थ सर्भिससँग मिलेर निकै वटा परियोजनामा सहकार्य गरिरहेको छ ।
अहिले रोबटले मानिसको शल्यक्रियासम्म पनि गर्न थालिसकेका छन् । रोबटले मानिसको परीक्षण गरी उसलाई लागेका कतिपय रोग पत्ता लगाउन थालेका छन्।
अहिले मानिसले धेरै काममा एआईको उपयोग गरिरहेको छ, अनेकौं परीक्षण गरिरहेको छ । एआईको उपयोग गरेर विभिन्न रोगका नयाँ नयाँ औषधि विकास गरिरहेको छ, नयाँ रासायनिक पदार्थ खोजी भइरहेको छ । मानिसलाई अत्यधिक समय लाग्ने कामहरू एआईको प्रयोगबाट केही बेरमै सम्पन्न हुन थालेको छ ।