नेपाल आयल निगम लिमिटेडले पेट्रोल ,डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । १ अप्रिल २०२० मा ईन्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्यअनुसार निगम संचालक समितिको बुधबार बसेको बैठकले राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजल/मटितेलको साविकको खुद्रा विक्री मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएको छ । कोरोनाबाट अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटअनुसार पेट्रोलियम पदार्थको मूल्य घटाएको ।