पश्चिम रुकुममा बुधबार साँझ चट्याङ लागेर एक जनाको ज्यान गएको छ । रोल्पा गंगादेव गाउपालिका ४ कि १३ वर्षकी निर्मला खत्रीकाे ज्यान गएको हाे । पश्चिम रुकुमको त्रिवेणाी गाउपालिका वडा नम्बर ४ मामा घरमा आएकी निर्मला खत्रीको ज्यान गएको त्यहाँका वडा अध्यक्ष चन्द्रबहादुर खड्काले जानकारी दिए।
गंगाराम खड्काको घरमा परेको चट्याङ ले निर्मलाको घटना स्थलमै निधन भएको हो । गंगरामका छिमेकी घरमा समेत चट्याङले क्षति गर्दा अन्य ८ जना घाइते भएका छन । वडा अध्यक्ष खड्का अनुसार घाइते मध्ये २० बर्षीया अनिता बि.क गम्भिर घाइते भएकि छिन ।
अन्य घाइतेहरुमा ११ बर्षीया तुलसा खड्का, १७ बर्षीया शुसिला खड्का, २२ बर्षीया पबित्रा खड्का ,५० बर्षीया धनमाया खड्का ,४ बर्षीया केशब खड्का र ६० बर्षीया सिता अोली र २८ बर्षीय कपिल खड्का रहेका छन । घाइतेहरुको उपचार स्वास्थ्य चौकी खुम्चेरीमा भैरहेको छ ।