विश्वभरि दश लाखभन्दा बढि कोरोनाभाइरसका संक्रमित पुष्टि भएको जोन्स हप्किन्स युनिभर्सिटीको विवरणले जनाएको छ ।भाइरसको सङ्क्रमण विश्वभरि फैलिरहँदा यस तथ्याङ्कलाई एउटा सीमा नाघेको रूपमा चित्रण गरिएको बिबिसीले जनाएको छ ।
भाइरसका कारण अहिलेसम्म ५१ हजारभन्दा बढि मानिसको मृत्यु भएको छ भने दुई लाख आठ हजारभन्दा बढि संक्रमित निको भएर घर फर्केका छन्।
जोन्स हप्किन्स युनिभर्सिटीको यस तथ्याङ्कभन्दा पनि उच्च सङ्ख्यामा सङ्क्रमितहरू रहेको हुनसक्ने ठानिएको छ।संक्रमितको सख्या पहिलो एक लाख पुष्टि हुन झण्डै डेढ महिना लागेको थियो। तर गत एक सातामै संक्रमितको सख्या दोबर भएर त्यो दश लाख पुग्यो ।
अमेरिकामा सबैभन्दा धेरै संक्रमित पाइएका छन् भने मृत्युको सख्या इटलीमा उच्च छ ।झण्डै एक चौथाइ संक्रमण अमेरिकामा पुष्टि भएका छन् भने युरोपमा आधाजसो संक्रमित छन ।