बिरामीलाइ नेपालगन्ज छाडेर फर्कदै गरेको जीप पुुर्वी रुकुमको भुमे गाउपलिका २ पोखरामा दुर्घटना हुदा तीन जना घाइते भएका छन । पुथाउत्तर गंगा गाउपालिका तर्फ जादै गरेको लु १ ज १८३७ नम्बरको जीप दुर्घटना हुदा चालक भुमे गाउपालिकाका २ का २५ बर्षीया शक्ति बि,क सोहीका २० बिन कुुमार बि.क र पुथाउत्तरगंगा गाउपालिका ११ का ३२ बर्षीया बिकास बुढा घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वले जनाएको छ ।
घाइतेहरुको जिल्ला अस्पताल पुर्वी रुकुममा उपचार भैरहेको छ । घाइते मध्ये चालक बिक र यात्रु बुढाको अवस्था गम्भिर रहेको बताइएको छ । जीप शुक्रबार बिहान ९ बजे आसपासमा दुर्घटना भएको हो । जीप सडक बाट अन्दाजी १५ मिटर तल खसेको छ ।