
काेराेना भाइरस काे कारण देश थप लगडाउनमा जाने अवस्था आयो भने विद्यार्थीकाे पठन पाठनलाई बैकल्पिक तरिकाबाट अगाडि बढाउन सरकारले गृह कार्य अगाडि बढाएको छ ।‘वैकल्पिक सिकाइ सहजीकरणका विधिहरु कसरी प्रयोग गर्ने भन्ने छलफलमा छलफल भैरहेको स्रोतले बताएको छ । कसरी सहज हुन्छ सम्भावनाकाे खाेजि भैरहेको छ शिक्षा मन्त्रालय स्राेतले बताएको छ ।
त्यसभित्र विभिन्न मिडियाहरुको प्रयोग गर्न सकिने निष्कर्ष शिक्षा विदहरुले निकालेका छन । अडियो, भिडियो, अनलाइन सामग्रीहरु, टिचिङ मेटेरियलहरु के हुन सक्छन् भनेर हामी निरन्तर छलफल भैरहेको शिक्षा मन्त्रालयका एक अधिकारीले जानकारी दिए।’ उनले स्थानीय एफएम, राष्ट्रिय टेलिभिजन, केबुल अपरेटर, युट्युव च्यानलबाट पढाउन सकिने बताए ।
यसकाे लागि सम्बन्धित पक्षले विभिन्न विकल्पमा उपायहरू अगाडिको सारेको बताइएकाे छ ।अहिले सबै मिडियाको पहुँचमा भएको हुदा यसैलाई नै बढि उपयोग गर्न सकिने गरि काम भैरहेको पनि स्रोतले बताएको छ ।यसकाे निष्कर्ष चाडै आउने छ ।लगडाउनका कारण नयाँ शैक्षिकसत्र समेत प्रभावित हुने निश्चित भएको छ ।एसइइ परीक्षा समेत हुन सकेको छैन ।