
एक नेपाली एक हेल्थ किट अभियान अन्र्तगत जम्मा भएको रकम बाट कोरोना संक्रमण भए नभएको चेक गर्ने प्रभाबकारी हेल्थ किट नेपाल किनेर पठाउने काम अन्तिम चरणमा पुगेको छ । संकलित रकम बाट चार हजार किट किनेर नेपाल पठाउने काम अन्तिम चरणमा पुगेको बिज्ञप्ती मार्फत जानकारि गराइएको छ । आयोजक संस्था एनआरएनए दक्षिण कोरियाले ४ हजार किट किन्ने सम्झौता सम्पन्न भएको जनाएको छ । किनेको सामान २४ घण्टा भित्र फेरि सुरक्षित तरिकाले भण्डारण गर्नुपर्ने भएकाले हाल उत्पादक कम्पनी SEEGEEN मै भण्डारण गरि राखिएको अध्यक्ष यज्ञ राज सुवेदी, अभियान संयोजक यदु लामीछाने र महासचिव डाक्टर बिमल सुवेदी द्धारा जारि बिज्ञप्तीमा भनिएको छ ।
।साथै कोरियन एयरको सौल काठमाडौ चार्टर्ड उडान तालिका निश्चित भए सगै चाँडै नेपाल सरकारलाइ बुझाउने प्रतिबद्धता समेत गरिएको छ । तीन दिन सम्म संचालन भएको राहत संकलन अभियान बाट करिव एक करोड ४० लाख आसपासमा नेपाली रकम जम्मा भएको थियो । कोरोना भाइरस संक्रमण भए नभएको तीन घण्टामै रिजल्ट दिन सक्ने कोरियन किट नेपाल पठाउन समयमै प्रक्रिया पुरा गरे पनि विमानस्थल पुर्ण रुपमा अबरुद्ध हुदा ढिला भएको पनि एनआरएनए दक्षिण काेरियाले सबैलाइ स्मरण गराएको छ ।
कोरोना भाइरस परिक्षण किट खरिद पश्चात बाकी रहेको रकम बाट अन्य सामाग्रीहरु खरिद गरि नेपाल पठाउने तयारी भैरहेको पनि जनाइएको छ । नेपाल हेल्थ किट पठाउनको लागी स्वतन्त्र अभियान्ताहरुको सहकार्यमा एनआरएनए दक्षिण कोरियाले संयोजन गरेको थियो ।
बाकि रहेकाे रकम बाट खरिद अन्य सामाग्रीहरु
Gown PPE Set 2000
N95 Mask 10000
Sugical Mask 20000
Gpggles 2000
Protecting Visor 2000
Gloves 10000
IR Thermometer 500
सम्पर्ण खरिद प्रक्रिया पारदर्शिता र सामाग्रीको गुणस्तरता अध्ययण गरि खरिद गरिएको जनाइएको छ । हेल्थ किट बाहेक अन्य खरिद भएको सामाग्री कोरिया बाट चाइना पठाइ ४ तारिख शनिबार चाइना स्थित नेपाली दुताबासमा हस्तान्तरण हुने र नेपाल पठाउने पनि बिज्ञप्तीमा जनाइएको छ ।