नेपालमै पहिलो पटक कोरोना संक्रमण सरेको पुष्टि भएको छ । यसअघि विदेशबाट नेपाल आएका व्यक्तिमा मात्र कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । शनिबार ति महिला सहित तीन जनामा संक्रमण भएको पुष्टि भएको छ । नेपालमै सरेकाे ३४ वर्षीया महिला, मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष र भारतकै उत्तराखण्डबाट आएका कञ्चनपुरका ४१ वर्षीय पुरूषमा कोरोना संक्रमण भएको सेती प्रादेशिक अस्पताल सुदुरपश्चिमले जनाएको छ ।
शनिबार मात्र सेती प्रादेशिक अस्पतालमा तीन जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि जानकारी गराएको छ। मन्त्रालयले भनेको छ, ‘यो सँगै पहिलो पटक नेपाल भित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको छ ।’ यो सगै नेपालमा कोरोना संक्रमतिको सख्या नौ पुगेको छ ।