कोरोनाभाइरस नियन्त्रण गर्न उदाहरणीय काम गरेको भन्दै प्रशंसा भइरहेको दक्षिण कोरियामा मानिसहरूबीच दूरी कायम गर्ने समयसीमा दुई साताका लागि थपिएको छ। दक्षिण कोरियाका स्वास्थ्यमन्त्रीका अनुसार देशमा कोरोनाभाइरस फैलिने दर कम नभएसम्म त्यो दूरी कायम गर्ने नियम जारी राखिने छ ।
दक्षिण कोरियामा अहिले दैनिक सरदर ५० जना कोरोनाभाइरस संक्रमतिं भेटिने गरेको बिबिसीले जनाएको छ । त्यो दर आधाले नघटेसम्म सावधान हुन सरकारले जोड दिएको छ।
व्यक्तिगत दूरी कायम गर्नका लागि दक्षिण कोरियालीहरूलाई सार्वजनिक स्थलमा एकअर्काभन्दा दुई मिटर पर उभिन सुझाव दिइएको छ ।उनीहरूलाई गिर्जाघर र अन्य भेलामा नजान सल्लाह दिइएको छ।एक महिनाका लागि बन्द गरिएका विद्यालयहरूको पढाइ बिहीवारबाट अनलाइनमार्फत् हुने भनिएको छ।
दक्षिण कोरियाले व्यापक रूपमा परीक्षण तथा संक्रमितहरु सम्पर्कमा आएका व्यक्तिहरूको अवस्थिति पत्ता लगाउँदै उनीहरूको जाँच गर्दै भाइरस फैलिने क्रम रोकेको भन्दै उसको सर्वत्र प्रशंसा भइरहेको छ।त् यसलाई उदाहरणीय भन्दै अन्य देशहरूले पनि अनुकरण प्रयास गरेका छन्।