सरकारले थप ८ दिन लकडाउन लम्ब्याउने निर्णय गरेको छ। भर्खरै सकिएको मन्त्रिपरिषद्को बैठकले बैशाख ३ सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।
आइतबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धी उच्चस्तरीय समितिको बैठकले लकडाउन थप्न गर्नुपर्ने निर्णय गरेको थियो।
सरकारले चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गतेसम्म लकडाउन गरेको थियो। पहिलो चरणको लकडाउन पछि फेरि सरकारले चैत २५ गते राति १२ बजेसम्मलाई लकडाउन लम्ब्याएको थियो। योसँगै लकडाउनको समय थपेको सरकारले तेस्रो पटक हो।