
दक्षिण काेरियामा काेराेना भाइरस संक्रमितकाे संख्या १० हजार भन्दा माथि भए पनि निकाे हुनेकाे संख्या आधा भन्दा बढि पुगेकाे छ । अब बाँकी संक्रमितको संख्या यतिबेला लगभग ४ हजार मात्रै देखिएकाे छ । काेरियामा हालसम्म काेराेना भाइरस संक्रमित संख्या १० हजार २ सय ८४ जना पुगेकाे छ ।संक्रमितको सख्या पनि दैनिक घटिरहेको छ ।दैनिक ५० जनाको हाराहारीमा नयाँ संक्रमित फेला पर्दै आएको मा आइतबार ४७ जना मात्रै थपिएका छन ।
हाल सम्म मृत्यु हुनेकाे संख्या १ सय ८६ जना छन् । हाल सम्म संक्रमित पश्चात् उपचार गरि निकाे हुनेकाे संख्या ६ हजार ५ सय ९८ जना पुगेकाे काेरियाकाे काेराेनाबाेर्ड डट केआरले उदृत गरेकाे छ । गत फेव्रुअरि देखि संक्रमित देखिन थालेकाे काेरियामा सुरुवातमा फाट्टफुट्ट संक्रमित भेटिए पनि फेब्रुअरीकाे अन्तिम तिर चिन पछिकाे दाेस्राे काेराेना भाइरस संक्रमित राष्ट्र बनेकाे थियाे । काेरियामा काेराेना भाइरस प्रकाेपकाे संख्या पहिलेकाे अवस्थामा निकै कम भएको छ ।
काेरियाकाे सबैभन्दा बढि काेराेना भाइरस प्रकाेप रहेकाे ठाउँ थेगु हाे । थेगुमा अहिले सम्म संक्रमितकाे संख्या ६ हजार ७ सय ८१ जना छन भने मृत्यु हुनेकाे संख्या १ सय २५ जना रहेकाे छ । त्यसैगरि काेरियाकाे दाश्राे ठुलाे काेराेना भाइरस प्रकाेप रहेकाे ठाउँ ख्यङ्बुक हाे ।
त्यहाँ ख्यङ्बुकमा संक्रमितको संख्या १ हजार ३ सय १६ र ज्यान गुमाउनेमा ४९ पुगेकाे छ ।यस्तै राजधानी साैल, ख्यङ्गि,खम्यक,छुङ्नाम, बुसान, ख्यङ्नाम, इन्छन, सेजाेङ,खाङ्वन,छुङ्बुक,उल्सान, थेजन,ख्याङ्जु, छन्बाेक,छन्नाम छेजु गरि १८ वटा क्षेत्रमा काेराेना भाइरसकाे प्रकाेप फैलिएको छ ।
काेराेना भाइरस प्रकाेपलाई राेक्नका लागि काेरियन सरकारले कडाइका साथ निकै राम्रो कदम चाल्दै आएकाे छ । जहाँ संक्रमित भेटियाे त्यो ठाउँलाई नियन्त्रणमा लिएर तुरुन्तै कदम चालेपछि याे नियन्त्रण गर्न सजिलाे भएकाे हाे । नागरिक पनि एकदमै अनुशासित भएको कारण पनि प्रकाेप धेरै फैलिन नसकेको काेरियन नागरिकहरुको भनाइ छ ।
