
कोरोना भाइरस को संक्रमणका कारण अवस्था गम्भीर बनेपछि बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनलाई अस्पतालको आईसीयूमा सारिएको छ ।
प्रधानमन्त्री कार्यालयका प्रवक्ताका अनुसार प्रधानमन्त्री जोनसोन आफ्नो मेडिकल टिमको सुझावका आधारमा आईसीयूमा सारिएका हुन् ।
बीबीसीका अनुसार प्रधानमन्त्री जोनसोनलाई सोमबार दिउँसो आईसीयूमा लैजानुअघि अक्सिजन पनि दिइएको छ । प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे रानी एलिजावेथलाई पनि जानकारी गराइएको छ । प्रधानमन्त्री लण्डनको सेन्ट थोमस अस्पतालका डाक्टरहरुको निगरानीमा छन् ।
‘मंगलबार प्रधानमन्त्रीको स्वास्थ्य अवस्था कमजोर भएपछि उहाँका मेडिकल टिमको सुझावको आधारमा अस्पतालको आईसीयूमा सारिएको छ’ प्रधानमन्त्री कार्यालयले रानीलाई लेखेको पत्रमा भनिएको छ ‘अहिले प्रधानमन्त्रीले उच्च स्तरको सेवा पाउनुभएको छ ।’