
दाङमा महिलाले मात्रै नेतृत्व गरेका बिद्यालयहरुकाे बेला बेला चर्चा हुने गर्छ ।केही समय अगाडि त्यस्तै चर्चामा आउने दाङको एउटा प्राविकाे प्रधानाध्यापक बनेर नेतृत्व गरिसकेकि छमा सुवेदी पराजुली शिक्षिकाकाे यतिबेला लकडाउन कसरी वितिरहेकाे छ त ? उनकै शब्दमा…………..
चैत पाँच गते बार्षिक परीक्षा सकिएको हाे उत्तरपुस्तिकाहरु जाच्ने काम सकिएको छ ।तर कक्षा ८ काे बाकी छ ।त्यो जिल्ला स्तरीय भएकोले जाच्ने काम सायद भएको छैन ।म यस अगाडि महिलाहरुले संचालन गरेको घाेराहि उपमहानगर पालिका ३ बेलुवामा रहेको रात्री प्राथमिक विद्यालयकाे प्रअ थिए ।त्यहाँ हुदा जिम्मेवारी धेरै थियो ।
अहिले गएको भदौ महिना बाट माविमा नाम निकाले पछि वाराह क्षेत्र माध्यमिक विद्यालय सेवार वनगाउँमा कार्यरत छु ।यतिबेला हामीले रिजल्ट प्रकाशित गर्ने,विद्यार्थी भर्नाको तयारी तथा घरदैलो गर्ने समय हाे ।
एक्कासि सबै क्षेत्र काेराेना भाइस त्रासले बन्द भएपछि घरमै अरु जस्तै म पनि बसिरहेको छु ।सबै परिवार सगै छाै ।नानी बाबुहरु ठुला ठुला छन ।साना साना भएको भए उनिहरुलाइ सिकाउने हुन्थ्यो उल्टो उनिहरु बाट सिक्नुपर्ने अवस्था छ ।
बाेर खासै लागेको छैन ।कतिबेला पुस्तक पढछु कतिबेला फिल्महरु हेर्छु ।काेराेना भाइरस सम्बन्धि समाचार अपडेट विवरणहरु हेर्छु ।लगडाउन र काेराेना भाइरस संक्रमण राेकथामकाे लागि अपनाउनु पर्ने सतर्कताकाे पुर्ण पालना गरेको छु ।
कहिलेकाही मिठा मिठा परिकार पकाएर खान्छाै ।खाने कुराहरु बारिमै लगाएका थियौ ।बाहिर खासै किन्नु परेको छैन ।याे महामारी काेराेना भाइसले संसार भरिएका मान्छेहरुलाइ रुवाइ रहेको छ ।चाडैं यसको उपचार पद्धति पत्ता लागाेस र विश्वले यस बाट मुक्ति पाओस यहि कामना गरिरहेकाे छु ।