यस्तो अवस्थामा पनि नियमीत अस्पतालमा नआएकाे भन्दै डाक्टरलाई कार्वाही गरिएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत पाँचजना चिकित्सकलाई कार्वाही स्वरुप बर्खास्त गरिएको छ। प्रदेश सरकार अन्तर्गत सामाजिक विकास मन्त्री सुदर्शन बरालकाे निर्देशनमा बर्खास्त गरिएको जनाइएको छ ।
अस्पतालको रेडियोलोजी विभागमा कार्यरत डा. बरदान वली र डा. ताराप्रसाद शर्मा, ईएनटी विभागका डा. प्रकाश न्यौपाने, युरोसर्जन डा. सुवासचन्द्र चौधरी र आकस्मिक विभागमा कार्यरत डा. प्रकृती कार्कीलाई सेवाबाट हटाइएको हो ।उनिहरुकाे करार नियुक्ति थियो ।