अर्जुनचौपारी गाउँ पालिका पोखरा सम्पर्क समाज तथा लायन्स क्लब अफ पोखरा पिस देउरालिको संयुक्त आयोजना तथा अल नेपाल होमियोप्याथिक एसोसिएसन, गन्डकी प्रदेशको प्राविधिक सहयोगमा काेराेना राेगप्रतिराेधात्मक क्षमता बढाउने आैषधि हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । बिहिवार ३ हजार ५ सय ७३ घरधुरी रहेको अर्जुन चौपारी गाउपालिकालाई कोरोना रोग प्रतिरोधात्मक क्षमता बढाउने होमियोप्याथिक औसधि (Ars. Alb. 30c) हस्तान्तरण गरिएको हाे ।
उक्त हस्तान्तरण कार्यक्रममा पोखरा, पृथ्वीचोक स्थित गापा-पोखरा सम्पर्क समाजको सभाहलमा सम्पर्क समाजका अध्यक्ष डा. भवानीशंकर पौडेलको अध्यक्षता, अर्जुनचौपारी गा.पा. अध्यक्ष दीर्घ नारायण अर्यालको प्रमुख आतिथ्यता, लायन्स क्लब अफ पोखरा पिस देउरालिका अध्यक्ष बिष्णु प्रसाद काफ्ले, सम्पर्क समाजका सल्लाहकार हेम नारायण चापागाईं, लायन्स क्लब अफ पोखरा बेगनासका अध्यक्ष शंकर पान्डे , डा. बिष्णु चापागाइ लगाएतकाे सहभागीता रहेको थियो ।
Ars. Alb. 30c औषधिको प्रयोग र उपयोगिताबारे प्रकाश पार्दै औषधि सौजन्य गर्नुहुने रापाकोट स्थायी घर भइ हाल आरोग्य होमियोप्याथिक, इन्द्रचोक, पोखराका सन्चालक डा. बिष्णु चापागाईंले यो कोरोनाको बिषम परिस्थितिमा आफ्नो गाउपालिकालाई स्वयम् गाउँपालिका प्रमुखकै उपस्थितिमा औषधि हस्तान्तरण गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताए ।साथै यस अवस्थामा राज्यबाट संचालित कार्यक्रमका अलवा विभिन्न ठाउँमा बसिरहनुभएका गाउपालिका बासीहरुले समेत आफ्नो ठाउँको लागि सक्दो रचनात्मक भुमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गरे ।
प्रमुख अतिथिको मन्तव्य राख्दै गाउपालिका अध्यक्ष दीर्घ नारायण अर्यालले हाल गाउँपालिकाको कोरोना अवस्था, क्वारेन्टाइन तथा आइसोलेसनमा रहनुभएका गाउबासिहरुकोबारे जानकारी अवगत गराउदै हस्तान्तरण गरिएको सो औषधि सम्बन्धित वार्ड अध्यक्षहरु मार्फत हरेक वार्डमा वितरण गरिने प्रतिवद्दता जनाए । कार्यक्रमका अध्यक्ष डा. भवानी शंकर पौडेल, अतिथिद्वय हेम नारायण चापागाईं र बिष्णु प्रसाद काफ्लेको छोटो मन्तव्य रहेको उक्त कार्यक्रम सम्पर्क समाजका सचिब गोविन्द प्रसाद सापकोटाले सन्चालन गरेका थिए । कार्यक्रमका अध्यक्ष डा. भवानी शंकर पौडेलले अर्जुनचौपारी गाउँपालिका सघंको समन्वयमा समग्र गाउँपालिका केन्द्रित हुँदै सम्पर्क समाजले विभिन्न कार्यक्रम गर्दै आइरहेकोमा यसलाई निरन्तरता दिइरहिने प्रतिवद्द्ता समेत व्यक्त गरेका थिए ।
साेहि समयमा लायन्स क्लब अफ पोखरा बेगनासका अध्यक्ष शंकर पान्डे र वडा नम्बर ३ रिमालफेदी घर भई हाल पोखरामा व्यवसाय गरिरहेका सोही क्लबका प्रथम उपाध्यक्ष महेश्वर रिमालले अर्जुनचौपारी गाउँपालिका वार्ड नम्बर ३ का गाउँबासिहरुको लागि सम्बन्धित वार्डबाटै वितरण गर्ने गरी ५०० थान मास्क समेत उपलब्ध गराएका थिए ।