कुकुर रुन्छ करेसाबारीमा सुनसान रातमा
सुसाउछ नदी मनै चुडी फयाउरो साथमा
औशीको रात धिपधिपे दियो रोशणी काप्दछ
सन्नटा आइ मैरोमा बसी आयुलाइ नाप्दछ
अध्यारो भयो मनको संसार देहले छोडदै छ।
आत्मा र शरिर बिद्रोह गर्दै सम्बन्ध तोड्दैछ।
बिरालो रुन्छ, बिरही स्वरमा पोथीले बास्दछ
अदृश्य छाया यमदुत आइ छेवैमा हास्दछ।
पिंजडा त्यागि आत्माको चरी भरुरु उडदैछ।
आत्माको ज्योति बादलमाथी स्वर्गमा गुडदैछ।
प्राण भन्दा पहिले आत्मा इस्वरमा मिल्दछ
समय पनि यामराज बनी सवैलाइ निल्दछ।
रचना : हस्त गौतम मृदुल