राेजगारीकाे लागि माल्टा पुगेका माेरङ र सुनसरीका व्यक्तिहरुकाे भेलाले माेरङ सुनसरी समाजको तदर्थ समिति स्थापना भएको छ ।माेरङ र सुनसरी बाट माल्टा पुगेका नेपालीहरु संगठित भई समाजसेवाका कामहरु गर्ने उदेश्यले उक्त समाजकाे तदर्थ समिति स्थापना गरिएको हाे । जिल्ला प्रशासन कार्यालय मोरङमा दर्ता नं २६९४।२०६८ मा दर्ता भएको उक्त संस्थाको केन्द्रिय कार्यलय इटहरी सुनसरीमा छ । सामाजिक काम तथा विभिन्न उद्यमशिल गतिविधिहरु संचालन गर्नका लागि माेरङ सुनसरी सेवा समाजले २ जिल्ला र ति दुई जिल्लावाट विदेशका विभिन्न देशमा पुगेर कार्यरत, व्यवसायरत र अध्ययनरत जिल्लावासीसँग समन्वय गर्दै आएको छ ।
बेला बेला सुनसरी र माेरङका माल्टा पुगेका व्यक्तिहरु समस्यामा परिरहने हुदा अब संस्थागत रुपमा एकताबद्व भई अगाडि बढने तयारीका साथ संस्था अगाडि बढने छ ।माेरङ सुनसरीको चाहना ,सभ्य र समृद्ध समाजको स्थापना भन्ने मुल उदेश्य बाेकेकाे उक्त समाजले माेरङ र सुनसरीको सामाजिक विकासमा समेत व्यावसायिक हातेमालो गर्ने छ । हाललाई तदर्थ समितिका संयाेजकमा तेज बहादुर माझी ,उपसंयाेजक चन्द्रकला राई रहेका छन ।यस्तै सचिव सुभाष तिमिल्सिना ,सरिन कटुवाल सहसचिव,सुजना खड्का काेषाध्यक्ष रहेका छन ।सल्लाहकार संयाेजक निरज ढकाल ,सल्लाहकार शंकर राय,सल्लाहकार आकाश राजवंशी रहेका छन ।सदस्यहरुमा राेशन निराैला,जाेनाथन मगर,अनु कडरिया,मनजित केसि,मनिष गुरुङ ,अस्मित रिजाल रहेका छन ।