नेपाली कथानक चलचित्र ‘छक्का पञ्जा-४’ दक्षिण कोरियाको अर्को ठूलो सहर इक्सानमा प्रदर्शनमा आउने भएको छ। आउदो मार्च १९ तारिखमा इक्सान नेपाली समाज दक्षिण कोरियाको सगौरव प्रस्तुतिमा अर्को ठुलो सहर इक्सानमा चलचित्र ‘छक्का पञ्जा-४’ प्रदर्शनमा आउन लागेको हो।
चलचित्र ‘छक्का पञ्जा-४’ एक साताको अन्तरालमा कोरियामा दोस्रो पटक प्रदर्शनमा आउदैछ। यसअघि राजधानी सिओलको दोङदेमुनमा पहिलोपटक प्रदर्शनमा ल्याइदैछ। राप्ती समाज दक्षिण कोरियाले राप्ती अक्षयकोष निर्माणका लागि आउँदो मार्च १२ मा चलचित्र ‘छक्कापन्जा-४’ प्रदर्शन गर्ने निर्णय गरेको थियो।
इक्सान नेपाली समाज दक्षिण कोरियाका अध्यक्ष दिपेन राईले ‘छक्का पञ्जा-४’ दोस्रो पटक कोरियाको अर्को ठूलो सहर इक्सानमा प्रदर्शनमा आउने बताएका छन्। साथै कोरियामा रहेका सम्पूर्ण नेपालीहरुमा उपस्थितको लागि आयोजक संस्थाका अध्यक्ष राईले हार्दिक निमन्त्रणा समेत गरेका छन्।