दक्षिण कोरियामा गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए)का प्रत्यासी महेश कुमार श्रेष्ठलाई भब्य स्वागत गरिएको छ। गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए) को ११ औं महाधिवेशन नजिकिदै गर्दा यसपटकको अध्यक्षको आकांक्षी श्रेष्ठ एनआरएनए एसिया प्यासिफिक क्षेत्र भ्रमणको शिलशिलामा दक्षिण कोरियामा आइपुगेका हुन्।
श्रेष्ठ र अर्का एनआरएनए सचिवमा उम्मेदवार कृष्ण जिवि पन्तलाई स्वागतका लागि एनआरएनए कोरियाका अध्यक्ष बुद्दी गुरुङ, तथा एनआरएनए कोरियाका पदाधिकारी, संस्थापक अध्यक्ष केपी सिटौला , जनसम्पर्क समितिका सभापति भजिन्द्र क्षेत्री, पूर्व सभापति नवराज सिवाकोटी, उपसभापति लक्ष्मण दाहाल , पत्रकार महासंघ कोरियाका वरिष्ठ उपाध्यक्ष सन्तोष खड्का महासचिव वासुदेव भट्ट, पर्वत समाजका अध्यक्ष दीपक केसी लगायतका व्यक्तिहरू इन्छन स्वागत गर्न विमानस्थल पुगेका थिए।
मध्यपूर्व, मलेसिया र कम्बोडियाबाट व्यापक समर्थन पाए सँगै उनी दक्षिण कोरियामा भ्रमणमा छन्। उनको साथमा सचिवका प्रत्यासी कृष्ण जीबी पन्त पनि सँगै रहेका छन्। दक्षिण कोरियामा रहँदा उनलाई एनआरएनए कोरियाले स्वागतको साथै भेटघाट तथा अन्तरक्रिया कार्यक्रम पनि तय गरेको छ। कार्यक्रम अक्टोबर ८ आईतबार छाहारी रेस्टुरेन्ट, दोङदेमुन, दक्षिण कोरियामा दिउँसो २ बजे संचालन हुनेछ।
“सबल, साझा र एकताबद्ध एनआरएनए, परिणाममुखी, पारदर्शी र समावेशी एनआरएनए” भन्ने मुख्य नारा सहित चुनावी मैदानमा उत्रिएका श्रेष्ठ अहिलेको सम्मको बलियो उम्मेद्धार मानिएको जानकारहरु बताउँछन्।
यही अक्टोबरमा हुने महाधिबेसनमा विश्वभरबाट ४२ सय भन्दा बढी महाधिबेसन प्रतिनिधिहरूले भाग लिंदै छन्।