बाँके, कुशुममा जन्मेर २०३८ सालमा दाङ भोजपुर स्कुल पढदै गर्दा नेविसंको सदस्यता लिई नेपालगंञ्ज बहुमुखी क्याम्पसमा राजनीतिक शास्त्रमा स्नातक गर्दै गर्दा क्याम्पस समितिमा समेत रहेर २०४६ सालको जनआन्दोलनमा सुशिल कोइरालाको नेतृत्वमा नेपालगञ्जमा सडक आन्दोलनमा सक्रिय भुमिका निभाएका ओली तत्कालिन कुस्मा गा.वि.स. को पार्टी इकाई सभापति समेत रहेर लोकतान्त्रिक आन्दोलनमा सशक्त भूमिका खेलेका थिए। साथै राजनीतिक र व्यवसायलाई सगै लाने क्रममा २०४९ सालमा दाङ लमहीमा निर्माण र व्यवसाय शुरु गरेका उनले लमही उद्योग बाणिज्य संघ संस्थापक अध्यक्षको रुपमा दुई कार्यकाल नेतृत्व गरी देउखरी उद्योग बाणिज्य संघलाई समेत जन्म दिनुभयो । व्यापार संगै राजनीतिलाई समेत अघि बढाएका उनले तक्कालिन चैलाही गा.वि.स बाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भई निर्वाचन क्षेत्र नं. १ को विभिन्न पदमा रही कुशलता पूर्वक संगठन सञ्चालन गर्दै गर्दा तत्कालिन विद्रोही पार्टी माओवादीबाट ठूलो रकम चन्दा नदिएमा ज्यानमार्ने दिए पश्चात आफ्नो ज्यानको सुरक्षाको लागि क्यानडामा विस्थापित भई क्यानडालाई कर्मभूमी बनाउर्दै आउनुभएका नेपाली कांग्रेस जनसम्पर्क समिति क्यानडाका सभापति बुद्धि प्रकाश ओली नेपाली लोकतान्त्रीक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरे । २०४६ सालको जनआन्दोलन, माओवादी द्धन्द्ध एवं २०६२÷६३ को लोकतान्त्रीक आन्दोलनको अग्रमोर्चामा रही लोकतन्त्रको रक्षामा कतव्र्यनिष्ठ भएर लागे। ओली ट्रान्सपोर्ट मार्फत क्यानडा र अमेरिकामा सफलतापूर्वक व्यवसाय सञ्चालन गर्दै आएका छन । समाजसेवामा गहिरो रुची राख्ने ओलीले नेपालमा विभिन्न संघ संस्थाहरु मार्फत मानविय सहायताको क्षेत्रमा सहयोग गर्दै आउनु भएको छ । यसै सन्दर्भमासमसमायीक विषयमा गरिएकाे कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।
१. नेपाली जनसम्पर्क समितिको क्यानडाको बारेमा केही बताइदिनुस ?
नेपाली जनसम्पर्क समिति क्यानडा मेरो नेत्ृत्वमा सन् २०१३ मा तदर्थ समितिको रुपमा गठन भयो । गठन भएका एक वर्ष पछि क्यानडा सरकारमा दर्ता हुनुका साथै तत्कालिन पार्टी सभापति शुशिल कोइरालाले जनबर्गिय संगठनको रुपमा पार्टिमा औपचारिक मान्यता दिनु भयो । त्यसपछि पहिलो अबिधेशनमा पार्टिका केन्द्रिय प्रतिनिधि अर्जुन जोशीको नेतृत्वमा सम्पन्न भयो । त्यसैगरी दोस्रो अबिधेशन गराउन पार्टीले केन्द्रिय सदस्य एवं पूर्व सिंचाई मन्त्री दिपक गिरीलाई पठायो । उहाँकै अग्रसरतामा हामीले दोस्रो अबिधेशन समेत भव्यताका साथ सम्पन्न ग¥यौं । तदर्थ समिति हुर्दै अहिले मैले तेस्रो कार्यकालको नेतृत्व गरिरहेको छु । यद्यपी नेपाली जनसम्पर्क समितिले यहाँ सम्मको यात्रामा निकै चुनौतीहरुको सामना गर्नु प¥यो । स्थापना काल देखी पार्टिकै साथिहरुबाट घात अन्र्तघात सहनुप¥यो । तुल्सी पौडेल लगाएतले छुट्टै जनसम्पर्क समिति दर्ता गरी निर्वाचित समितिलाई अबैधानिक भनि विरोध गरे । पार्टी केन्द्रिय कार्यालयमा उजुरी समेत दिए । त्यसपछि पार्टिले छानवीन गरेर मेरो नेतृत्वको समिति नै बैधानिक भनी १७ भाद्र २०७६ मा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले मान्यता दियो । यद्यपी अझै पनि जनसम्पर्क समिति र कांग्रेसलाई बदनाम गर्न केही गिरोह सक्रिय छ । जस्तोसुकै आरोह अबरोह भए पनि हामी लोकतन्त्र र समाजवादको यात्रामा कटिबद्ध छौं । क्यानडाका सबै प्रदेशमा हाम्रो समितिको संरचना छ । २४ सदस्यिय कार्यसमितिले प्रभावकारी ढंगले काम गर्दै आएको छ ।
२. जनसम्पर्क समितिले के काम गरिरहेको छ ?
नेपाली जनसम्पर्क समितिले विभिन्न सामाजिक गतिविधि गर्दै आइरहेको छ । नियमित रुपमा पार्टी प्रशिक्षण तथा सम्मेलनहरुको आयोजना गरेको छ । रक्तदान कार्यक्रम विभिन्न च्यारेटि शोहरु सञ्चालन गर्दै आएको छ । क्यानडामा आएका नयाँ नेपालीहरुलाई ट्याक्स फाइलमा सहयोग गर्ने उद्देश्यले समितिका कोषाध्यक्ष विशाल घिमिरेको संयोजकत्वमा ट्याक्स फाइल क्लिनिक सञ्चालन गरियो । त्यसैगरी कोभिड महामारीको समयमा अन्र्तराष्ट्रिय विद्यार्थीहरुलाई आर्थिक समस्या नपरोस भनेर क्यानडामा अध्ययनरत विद्यार्थीहरुको घरघरमा पुगेर करिब १० लाख बराबरको खाद्य सामाग्री वितरण गरियो । राहत कार्यमा समिति उपसभापति चन्दा अधिकारीको संयोजकत्वमा महामन्त्री बसन्त कार्की सहितको टिम परिचालन भयो । यसरी मानवीय सहायतको क्षेत्रमा जनसम्पर्क समितिले नियमित रुपमा सहयोग गर्दै आएको छ ।
३. नेपालमा विपद् पर्दा जनसम्पर्क समितिले के योगदान गरेको छ ?
जनसम्पर्क समिति नेपालका लागि नेपालीले केही गरौ भन्ने मान्यतालाई आत्मसाथ गर्दछ । विशेष गरी प्रवासमा बसेका लोकतन्त्रलाई माया गर्ने साथीहरुले उठाएको रकमबाट हामीले नेपालमा उल्लेख्य सहयोग गरेका छौं । महाभुकम्पको समयमा नेपालको लागी क्यानडाका तत्कालिन राजदुत कालि प्रसाद पोख्रले मार्फत ३ लाखको चेक हस्तान्तरण ग¥यौं । काभ्रेमा तत्कालिन समिति उपसभापति गुरु श्रेष्ठ मार्फत ३ लाख बराबरको राहत सामाग्री वितरण ग¥यौं । तराईका पाढी पिडितलाई राहत प्रदान गर्न तत्कालिन पार्टी सभापति शुशिल कोइराला मार्फत १ लाख हस्तान्तरण ग¥यौं । दाङ राप्तिका बाढी पिडितलाई ५० हजार सहयोग गरियो । पार्टि केन्द्रीय कार्यालयलाई १ लाख, वि.पि. स्मृति भवन कास्कीको लागि वि.पि. स्मृति प्रतिष्ठान क्यानडा मार्फत ५० हजार पार्टि सभापति शेर बहादुर देउवा मार्फत हस्तान्तरण गरियो । त्यसै गरी द्धन्द्ध पिडित बालबालिकाको शिक्षाका लागि पोखरामा दुइपटक गरी १ लाख ५० हजार वितरण गरियो । समाजसेवी महावीर पुनको अभियानको लागि ५० हजार, सिन्दुलीगढी मन्दिरका लागि करिब २ लाख, बद्री पाण्डेको उपचारमा ३० हजार, क्यानडियन नेपाली क्रिकेट क्लवलाई १ लाख ५० हजार सहयोग गरियो । त्यसका साथै एनआरएनए क्यानडा लगायत विभिन्न सामाजिक संस्थाहरुलाई नियमित रुपमा आर्थिक सहयोग गर्दै आएका छौं ।
४. तपाईको आगामी योजना के छ ?
मैले तीन कार्यकाल जनसम्पर्क समितिको सभापतिको रुपमा काम गरिरहेको छु । तत्कालिन अवस्थामा संगठन विस्तार गर्न, संगठन भित्रका विवादहरु मिलाउन र संगठनलाई गति दिन लामो समय मैले नेतृत्व गनुप¥यो । लामो समय एउटै मान्छे एउटै पदमा बस्दाँ नेतृत्व जाम हुन्छ र आम कार्यकर्ताहरुको चाहाना पनि नयाँ नेतृत्वको खोजी नै हुन्छ । त्यसैले आगामी जनसम्पर्क समिति क्यानडाको महाधिबेशनमा मैले युवा पुस्तामा नेतृत्व हस्तान्तरण गर्ने सोच बनाएको छु । युवाहरुलाई जिम्मेवारी दिदाँ अझ गतिशिल रुपमा संगठन चलाउनु हुन्छ भन्ने मेरो विश्वास छ । सार्थै जनसम्पर्क समितिमा नेतृत्व हस्तान्तरण गरेपछि म आफ्नो व्यवसाय र सामाजिक गतिविधिहरुमा संलग्न हुने योजना बनाएको छु ।
५. अन्तमा तपाइको केही सुझाव छ ?
म नेपाली कांग्रेस र लोकतन्त्रको रक्षा गर्ने बफादार सिपाही भएको नाताले कांग्रेस पार्टी र समग्र जनसम्पर्क समितिहरुलाई निम्न सुझाव दिन चाहन्छु ।
१) जनसम्पर्क समितिहरुले नेपाली समुदायलाई बिना राजनीतिक भेदभाव सहयोग गर्ने ।
२) देशमा विपद् पर्दा सबैले सकेको सहयोग गर्ने ।
३)विभिन्न देशमा रहेका लोकतान्त्रिक जनसम्पर्क समितिहरु बीच अनुभव आदान प्रदान गर्ने । जसले गर्दा एक देशको अनुभव अर्को देशमा उपयोगी हुन सक्छ ।
४)जनसम्पर्क समितिहरुलाई पार्टी केन्द्रिय कार्यालयबाट समय समयमा प्रशिक्षण गर्नुपर्ने ।
५) पार्टि कार्यकर्ता पंक्तिमा इमानदारिता एवं सदाचारिताको भावना विकास गर्नुपर्ने ।
६) विश्वभरीका लोकतन्त्रवादीहरुलाई गोलबन्द गर्न अन्र्तराष्ट्रिय लोकतान्त्रिक सञ्जाल निर्माण गर्नुपर्ने ।
७) पार्टि केन्द्रिय कार्यसमिति र जनसम्पर्क समितिहरुमा समेत समयमै अबिधेशन गरी नेतृत्व हस्तान्तरण गर्नुपर्ने । जसले संगठनलाई गतिशिल बनाउन सहयोग पुग्छ ।आवाज टाइम्स बाट