
हरेक साल नयाँ बर्षको अघिल्लो दिन र दशै तिहारको अवसरमा मोबाइलमा ट्वाङ्गग घन्टी बज्दा मेसेज बक्समा देखिन्छ रुकुमका पुराना राजनीतिकर्मी गोपाल जि जङ्ग शाहको शुभकामना सन्देश । राजनीति सदासर्वदा वाद¸ दर्शन¸ सिद्धान्त र विचारधाराले मात्र चल्दैन । कहिलेकाही तत्कालिन घटनाक्रम र परिस्थितिले पनि निर्देशित हुन्छ । कहिलेकाही भावना र प्रतिशोधको पनि समिश्रण हुन्छ । म कुनै दलीय राजनीतिक प्राणी होइन । म गोपाल जि जङ्ग शाह सम्मिलित राजनीतिक दलको समर्थक¸ कार्यकर्ता¸ सदस्य¸ भोटर छैन ।
तर हरेक साल आउने उहाँका शुभकामना मेसेजहरुले उहाँप्रति श्रद्दा जाग्ने गर्छ । सम्मान भाव प्रकट हुन्छ । उहाँको नेतृत्व शैली प्रति नतमस्तक हुने गर्छु । रुकुमका पाका पुराना जनप्रतिनिधि उहाँ कता हुनुहुन्छ ? बर्षौँसम्म भेट भएको छैन । तर पनि निरन्तर रुपमा मेसेज गरेर नयाँ बर्ष र दशैको शुभकामना पठाइरहने उहाँलाई फेसबुक मार्फत अहिलेसम्म Reply गर्न नसिकएको अनगिन्ति सम्झना ! रुकुम र रुकुमेलीको लागि पदमा रहुन्जेल यहाँले के कति योगदान पुर्याउनु भो ? समग्र समिक्षा गर्ने काम मेरो होइन ।
तर २०६२।०६३ अघिसम्म रुकुम जिल्लामा कार्यरत अधिकांश कर्मचारीहरुलाई रुकुमको जनप्रतिनिधि वा नेतृत्वको रुपमा तपाइको कुनै न कुनै सहयोग अपेक्षित हुन्थ्यो । २०५९ सालमा नेपाल विधुत प्राधिकरणको स्थायी जागिरी छोडी हुम्ला सिमकोट पुग्दा अत्यन्तै ठूलो तनाव भो । घरपायक सरुवाको लागि सुर्खेतका तत्कालिन क्षेशिनिर्देशक ‘मोहम्मुद आलम खाँ’लाई भेट्न गएको बेस्सरी हप्काएर पठायो ! तँलाई परीक्षण काल नहुँदै सरुवा ? भनी कुट्न थाल्यो ! हैन म जस्तै अरुको त भयो त सर भन्दा झन झम्टेरै मार्लाजस्तो गर्यो ! अब हुन्न यो बाट काम भनी काठमान्डौँ गएँ । साविक शिक्षा विभाग सानोठिमीको पुरानो घरमा थियो ।
निर्देशक हुनुहुन्थ्यो एकजना ठ्याक्कै नाम बिर्सेँ । उहाँको पिए धनबहादुर ओली । रुकुममा सरुवाको निवेदन पेश गरेँ । सरुवा त हुन्छ होला तर नेताले नभनी के गर्लान र खै ! अली ढीलो होला ! को खोज्ने नेता ? गोपाल जि जङ्ग शाह नै त्यतिखेर शक्तिमा ! धनबहादुर ओलीले नै फोन लगाइदिनु भो निर्देशकलाई । गोपाल जि जङ्ग शाहको एक कल फोन ! हुम्ला जिशिकाबाट रुकुम जिशिका सरुवा ! आफ्नो विरानो नछुट्याएर व्यक्तिगत रुपमा यहाँले उतिखेर मलाई गरेको सहयोग अहिलेसम्म बिर्सेको छैन । समस्या र संकटको बेला नेतृत्वको सानो सहयोग पनि व्यक्तिको लागि अविस्मरणीय हुने गर्छ ।
धेरै साथीहरुको शुभकामना मेसेज संगै आज फेरि रुकुम जिल्लाका पुराना राजनीतिकर्मी नेपाली काँग्रेसका नेता तथा पुर्व राज्यमन्त्री गोपाल जि जङ्ग शाहको नयाँ बर्ष २०७७ सालको शुभकामना मेसेज पनि आयो । झलक्क सम्झिएँ विगत । भेट नभएको धेरै भयो । फेसबुकमा साथी पनि रहेन्छौँ हामी । साथी नभएमा हेर्न पनि भ्याउनुहुन्न होला ।
तर एउटा जुनियर नागरिकलाई सम्झिएर अहिलेसम्म निरन्तर रुपमा शुभकामना पठाई असल नेतृत्वको विरासत कायम गर्नुभएकोमा यहाँलाई नयाँ बर्षको अवसरमा विशेष रुपमा सुख¸ शान्ति¸ दिर्घायू तथा सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामना ! साथै फेसबुक मेसेन्जर र मोबाइल मेसेज मार्फत नयाँ बर्षको शुभकामना पठाउने सम्पूर्ण चिरपरिचित आदरणीय महानुभावहरु¸ मित्रगणहरुलाई पनि नयाँ बर्षको हार्दिक मंगलमय शुभकानाका साथै उत्तरोत्तर प्रगतिको कामना ! धन्यवाद !
( गाेपाल जि जङ्ग शाह नेपाली काँग्रेस रुकुमका पुराना नेता तथा पुर्व उद्योग राज्यमन्त्री हुन ।बिनाराम खड्काले आफ्नो फेसबुकमा ब्यक्त गरेका धारणा सान्दर्भिक ठानेर यहाँ प्रस्तुत गरेका हाै ।बिनाराम खड्का मुसिकाेट नगरपालिका रुकुममा शिक्षा अधिकृतमा कार्यरत हुन ।उनी बेला बेला साहित्य तथा समसामयिक बिषयमा आफ्ना धारणाहरु स्पष्ट रुपमा यसरी प्रस्तुत गर्ने गर्छन )