
लेखक : बिन्दु कुँवर
समथल भाग देखि केहि माथी रोल्पा मा कर्म घर भएकी साहसी महिला जसले प्रेम दिवसकाे बारेमा न कहिले बुझिन, न कहिले भ्यालेनटाइडे भनेर उच्चारण गर्न सक्थिन। उनको नाम शीवा थियो जन्मघर प्यूठान भए पनि उनको कर्म घर रोल्पा बन्न पुग्यो।
बिहे गरेको तीन वर्षमा पहिलो सन्तान प्रेम दिवस को दिन जन्मियो। उनलाई छोरी अति मन पर्थ्यो, तर उनको पति रामु छोरा चाहान्थे । शीवा खुसिले गधगध थिइन । सोचेको जस्तो छोरी को जन्म भएकाेले ।तर उनकाे पति खिन्न हुदै घर नजिकै को भट्टी पसे,रात छिप्पिन थाल्यो, तर घर आएनन् ,उता सुत्केरी शीवा उनको पखाई थिइन् ।उनलाई स्याहारसुसारकाे आवश्यकता थियोे । आफै सुत्केरी,त्यसमा घरमा बुढ़ी ६९ वर्षको सासु अरु कोहि थिएन । कहिले रामु घरमा आउला भनि छोरी काखमा लिएर प्रेम दिवस को शुभकामना दिन्छु भनेर उनी पखाईमा बसेकी थिइन ।
राती १० बज्यो तर रामु आएन सुत्केरी उनी भोकै पखाईमा बसिन, अर्को दिन ६ वजे शरिर भरि धुलोधुलै लगाएर आए तेरो छोरी आफै हेर ,छोरो पाउने सपना सबै सकियो यस्तो शब्द प्रयोग गरे ।शिवा रुँदै भनिन् रामु तिमी किन यस्तो भन्छौ?याद गर जुन दिन प्रेम प्रस्ताव गरेका थियाैँ।
जुन दिन हामी बाख्रा लिएर जंगलमा जान्थेउ , नजिक आएर तिमिले भनेका थियौं , शीबा यदि दुई जनामा माया गाढ़ा भए पहिलो सन्तान छोरी हुन्छ । खै त आज तिमी खुसि छैनाैँ किन रामु ?रामु रिसाउदै भन्यो नबोल अब, उनी भोकै थिइन, तर पनि उसले खाना पकाएर खान दिने उनकाे स्याहारसुसार गरिन ,काममा हिड्यो।पतीकाे व्यवहारबाट उनी खिन्न भइन।
केही समयमा छिमेकी नन्दा मकैको पिठाे खोज्न शीबाकाे घर आइन् , नन्दा अघिल्लो रात घरमा पिठाे नहुदा भाेकै सुतेकि थिइन ।नन्दाले शीबालाइ सुत्केरी अवस्थामा देखिन र हतार गर्दै भित्र गइ बधाई दिइन शीवा नक्कली हाँसो हासिन् नन्दाले आगो बालिदिइन र शिवालाई थप हाैसला पनि दिइन ।
शीबालाई नन्दाले भनिन् तिम्रो श्रीमानलाई अब विदेश पठाउ ,तिमीहरूको भविष्यमा बचत पनि हुन्छ ।रामु यहाँ रक्सि खाएर हल्लिनु भन्दा नन्दाकाे कुरा शीवालाई सहि लाग्यो ।याे कुरा रामुलाई कसरी सम्झाउ र विदेश जान कसरी राजि बनाउ भन्ने पिर उनमा थियोे । रामु काम बाट आँउथे उनलाई नबोलाएर कोठा तिर जान्थे, एक दिन रामुकी आमा अति बिरामी भइन, उपचार गर्ने पैसा भएन, अस्पताल लग्दै गर्दा बाटोमा मृत्यु भयो।
रामुले सब दोष जति शीबालाई दिन्थे। आफ्नो संस्कार अनुसारकाे काज किर्या गर्ने पैसा भएन । शीबाले आफ्नो माइत को भाई संग सापटी मागिन र क्रिया खर्च चल्यो।एकदिनको कुरा हो, शीबालाई नन्दाले दिएको सल्लाह रामुलाई भनिन,रामु पनि सहमत हुदै जान्छु भने । भिषा लागेको दुई महिनामै रामु कतार पुगे ।
शीबाकाे मनमा केही शान्ति मिल्यो । दुख जे भए पनि रामु कमाउने ठाउँमा गयो भनेर उत्साहित थिइन ।रामु थोरै भए पनि पैसा घर पठाउथे ।बाँकी पैसाको रक्सि खान्थे । तर साथी सँगै घुमेर सक्थे।उता घरमा श्रीमती मख्ख थिइन ,छोरीकाे नाम राखिएको छैन ,रामु के भनेर बोलाउ,रामु ले भन्थे जे सुकै भन,उनी निराश हुदै कल कटाउथिन,पेट मा गर्भ छ अब नि छोरी भए के गर्ने भन्ने डर थियो।
६ महिना पछि फेरी त्यहि प्रेम दिवस दिन को दिन शीबालाई अस्पताल लगियो ,नर्मल बच्चा नहुने अप्रेशन गर्नु पर्ने सल्लाह डाक्टरले भने,उनलाई अप्रेसनको लागि छिमेकी नन्दा र उनको बुढो शान्त ले बुटवल अस्पताल लिएर गए, अस्पताल भर्ना पछि रामु लाई कल गरे तर रामुको कल उठेन ।यता शीबा त्यो हालत मा थिइन जीवन र मृत्यु सँग लडदै थिइन।उता रामु कल उठेको थिएन।नन्दा भगवान सँग प्रार्थना गर्दै थिइन।नन्दाको बुढो शीबा को छोरी काखमा लिएर यता उता हिड्दै थिए।अप्रेशन कोठाको ढोका खोल्ने पर्खाईमा एकछिन डाक्टर बाहिर आए र भने खुसि र दु:ख सँगै भयो।
माफ गर्नुहाेला आमा लाई बचाउन सकिएन तर छोरा जन्मिएको छ। नन्दा रुन थालिन ,हे भगवान तर नन्दाको बुढोले सम्झाउन कोर्सिस गरे,७ घन्टा पछि रामु को कल आयो। के जन्मियो भनेर नन्दा रुदै भनिन तलाई छोरा दिएर शीबा याे संसार बाट विदा भइन ।
रामुलाई छोरा खुसि त थियो तर शीबा को मृत्यु को खबर ले उनि नबोलेर फोन काटे,उनलाई गल्ती महसुस भयो, उनी रोए कराए एकलै तर प्रेम दिवस दिन यस्तो उपहार कसैलाई नदेउ भन्दै रोए ,तर विगतमा गरेको उनको अपराध सामु त्यो चीत्कार केवल नाटक जस्तै भयो ।तर शीबा कहिलै फर्किएर नआउने गरेर याे संसारबाट प्रेम दिवस को उपहार दिएर गइन।
(प्रस्तुत सामाग्री काल्पनिक कथा हाे,कसैको व्यक्तिगत जीवनमा मेल खान पुगे संयाेग मात्रै हुनेछ )