म चुप भइदिउला तिमी चयनले बस्नु ।
घरीघरी झल्को आउछ जतनले बस्नु ।
मुस्किलले पिढीमा गुन्द्रि फिजाएकि थियौं
तर भनेनन अँह तिम्रा ति नयनले बस्नु ।
दुख पिडा शुख आइरहन्छन बाचुञ्जेल सम्म
जिन्दगी यस्तै हो प्रियतम खुश मनले बस्नु ।
म धनि त बहुत धनि मनको मात्रै पो हुँ हेर
तिमी भब्य आलिसान बैभव र धनले बस्नु ।
तिम्रो शहरले डोराएर एका बिहानै गाउ छाड्दा
लाग्यो विन्ति गरेर भन्दै छ रनवनले बस्नु ।
रचनाकार :केशव खड्का