
केशव खड्का
सायद त्यो तिम्रो शहरमा जुन उदाउन छाडेको हुनुपर्छ ।
कारण तिमीले निधारमा टिका लगाउन छाडेको हुनुपर्छ ।
सपना,बडुलीहरुलाइ यदी सबुद प्रमाण्हरु मानिदिने हो भने
लाग्छ तिमीलाइ अचेल मेरो याद आउन छाडेको हुनुपर्छ ।
मुटुमा अटाएकाहरुले किन यसरी सताउछन लागीरहन्थ्यो
म दुर भएदेखी अरुले तिमीलाइ रुवाउन छाडेको हुनुपर्छ ।
छोरो सम्झदै बर्खामा चुहीरहने छानो हेरेर कति टोलाउनु
अब त घरमा आमाले पनि आशु चुहाउन छाडेको हुनुपर्छ ।
थोक्रा दौरा सुरुवालमा आएका बा लाइ चिन्नै मुस्किल पर्यो
लाग्यो अब छोरीलाइ कुर्ता सुरुवाल सुहाउन छाडेको हुनुपर्छ ।