सुन कहाँ खारीन्छ त्यती यो दिल खारीएको छ ।
जस्तो जित हुँदाहुँदै पनि कयौँपटक हारीएको छ ।
मलाइ तिमीले कहिल्यै नसोध्नु मायाको हर हिसाब
माझीले राख्दैन हिसाब कतिलाई जंघार तारीएको छ ।
हेर्नुहोस म पनि नामुद हत्याराकै सुचिमा अटाउछु
कारण जानिजानी कयौं पटक यो मन मारीएको छ ।
यादहरु मेटाउने सायद अर्को कुनै उपाय केही थिएन
तिमी दुर भएदेखी यो शहरबाट बसाइ सारीएको छ ।
आफनाहरुले चौतर्फि घेरीएका बा प्राय यही बोलिरहन्थे
मार्न आट गर्नै सकेनन मलाइ अधकल्टो पारीएको छ ।
रचना : केशव खड्का