पल्टाउनु पर्छ पानाहरु डायरीका
पोका पाइन्छन् त्यहाँ सायरीका
यस्तै पोका मध्येको एक हो यो
जवानिका दिनहरुको हरि क्षेत्रीका।
जान्नुपर्छ-जिन्दगीमा खुसी हुन जान्नुपर्छ
सुख दुख जिन्दगीका दुई पाटा मान्नुपर्छ
कहिले घाम कहिले छाया यस्तै हो जिन्दगीमा
आफ्नो मान्छेको रिसलाई पनि माया ठान्नुपर्छ।
हरि क्षेत्री
बुटवल -१२ नयाँगाउँ
हाल नेपालगन्ज