थाहा छैन म भित्र के देखेर आयो
बुझेर आयो या त नबुझेर आयो
हरेक समस्यामा साथ दिन्छु भन्ने मान्छे,
आज आफै समस्या बनेर आयो।
दिन रात सम्झनामा हरपल हुनेहरु
मन अनि मुटु झन कोमल हुनेहरु
बर्बाद पार्नलाई मात्र आएकी हो,
सचेत हुनु उसको लागि पागल हुनेहरु।
बारम्बार आएन मात्र एकबार आएको थियो
सहि बाटो रोज्न उपयुुक्त आधार आएको थियो
छोडने निर्णय लिन नसकेकोमा पछुतो लागेको छ,
कुनैबेला तिमीलाई छोडने पनि विचार आएको थियो।
यो मनदेखी त्यो मनको दुरि बढाई दियौ
हेर्दा हेर्दैमा नमिठो व्यवहार देखाई दियौ
तिमीलाई पनि मान्नैपर्छ प्रेमको मामिलामा,
आफै टाढिएर गयौ दोष समयलाई दियौ।
बिगतका कष्टकर पलहरु नजिकिदै रहेछन
घाउहरुले झन डरलाग्दो रुप लिदै रहेछन
बिर्सिएको जस्तो लाग्थ्यो तर याद आयो,
तिम्रा यादहरुले अझै मलाई सम्झिदै रहेछन।
जनक बुढाथोकी
सानिभेरी गाउपालिका ८.
रुकुम पश्चिम