
अहिले यो कोरोना भाइरस भन्ने माहामारी र अदृश्य शक्तिले आज यो संसार लाई नै आक्रान्त बनाएको छ । यसका धेरै कारण हरु हुन सक्छ्न । आजको यो युग मा मानवताको कुर हद नाघि सक्यो यहाँ बाघ , भालु सिंह भन्दा हिंश्रक मानिस हरु हुन थालिसके , बाघ सिंहले त मात्र मासु खान्छ्न, तर हामी मानिस हरुले अब के नै खान बाकी छ र ? यो मुर्खरुपी ओडार मा जे पनि जाने भो, निर्दयी ,कति कठोर भएर हामी मानिसहरुको हत्या गछौँ ।
यो पृथ्वी केबल मानिस हरुको मात्र पेवा अवश्य होइन यस ब्राहमण्डमा बसोबास गर्ने सबै प्राणीहरुको पनि हो यो पृथ्वी । आज मानिसले यो सृष्टि लाइ नै चुनौति दिने कति गतिबिधिहरु गरिरहेको छ । मानिसहरुको क्रियाकलापले यस सृष्टिमा रहेका अन्य प्राणीहरुलाइ कति पाप भएको छ होला ? हामी मानिसले पाप धर्म सबै भुलि सक्यौँ ।
सायद आज जुन आपतकालिन अवस्था उब्जेको छ यहि अवस्थामा केही मानिसहरु बढो धार्मिक बनिरहेका होलान ? कति स्वार्थी जात मानिसहरुको आज आफुलाइ अप्ठेरो परेपछि सारा संसार सम्झेर आफु बच्ने उपाय खोज्दै छ । कोही मन्दिर धाउदै ,कोही घरकै कुनामा बनाइएको मुर्ति पुजा गदै ? आज भगवान पुकारि रहेका छन ।
अघिपछि कसैले भगवानको खोजि ग¥यो होला ? कोही फुर्सदमा मन्दिर गयो होला ? अह सबै जव आपत पर्छ उतिबेला मात्रै आफु सुरक्षित हुन हुने नहुने गर्छ ? आज धन,सम्पति सारा चिज सबै लोभ हटाएर आफु कसरी सुरक्षित हुने भन्ने तर्फ मानिसहरु आत्तिएका छन । हामीले हिजै बाट हाम्रो वाताबरणको रक्षा,हाम्रो खानपानको ब्यवस्थापन,हाम्रा कुकर्महरु बेलामै सच्याएको भए मानिस यो अवस्था तर्फ उन्मुख नहुदो हो सायद ।
पुशपक्षिलाइ बन्धक बनाएर, पशुपक्षिलाए हत्या गरेर रमाउने हामी मानिसहरु आज यो अवस्था देखेर निमुखा प्राणी रमाइरहेका पनि होलान । बुढापाखाहरु भन्छन यो पृथ्वीमा पाप धर्म अवश्य छ र पालो सबैको आउछ । आज त्यही कलियुग आएको छ ।
हामीले हाम्रो कर्म भुल्यौ हामीले हाम्रो धर्म भुल्यौ । कोरोना भाइरसस त यो सामान्य कास्टिङ मात्रै, हो मानिसहरुका घातक कार्यहरुले यो पृथ्वी नै ध्वस्त हुन के बेर ? आज भण्डारण गरि राखेका आनविक अस्त्रहरु,रसायनिक हतियार कुनै मिस्टेकले विष्फोट भए पृथ्वीमा मानिस रहन्छ होला ?
मानिसहरुका गतिबिधिहरुले तातिदै गएको ब्राहमाण्ड जलबायु परिर्वतनले मानिसहरु संकटमा पदैनन होला ? मानिसहरुकै कारण उत्पन्न भएका यस्तै घातक रोगहरुले मानिस बचाउछ होला ? केही संकट तयारी अवस्थामा छ विष्फोट हुन मात्रै बाकी हो केही संकट आउदैछ ।
हे मानिस हाे
हे मानिस तिमी यो सृष्टिको सर्वश्रेष्ठ ,विवेकशिल अनि असुन्तुष्ट प्राणी पनि हौ । जे तिमि सग प्राप्त छ त्यसैमा किन सन्तुष्ट नभएको ? के लिएर आएका थियौ र के लिने सपना छ तिम्रो ? तिमि आउदा जति पवित्र थियौ तर जिउदा तिमिले यो सृष्टिलाइ क्षति हुने धेरै गतिबिधीहरु ग¥यौ । गम्भिर अपराधहरु गरेर पवित्र हुन मन्दिर धाउने तिम्रो जात,हत्या हिंसा गरेर आहार पुर्ति गर्ने सिंह जस्तै तिम्रो ब्यवहार आजको पस्थितिको उपज हो ।
त्यसैले यो पृथ्वी यस पृथ्वीमा भएका सबै प्राणीहरुको साझा घर हो अझै बुद्धि फिर्छ भने विगतका आनिबाणी सुधार र यो सृष्टि यो जगतलाइ हानी हुने काम नगर । मौका अझै छ होइन भने यो युगको अन्त्य भै नयाँ युग आउने छ त्यतिबेला मानव अस्तित्व रहने छैन । रिस,इश्र्या,घमण्ड,अपराधहरु छाड हे मानव । तिमीले खान हुने मात्रै खाउ, गर्न हुने मात्रै गर यो प्रकृतिलाइ चुनौति दिने काम नगर यसैमा तिम्रो भलो छ । नत्र तिमी आज बाँचे पनि भोली सखाप हुने निश्चित छ ।
लेखक कविराज निराैला कपन काठमाडाैँ