
बसन्त ऋतु मन उमंग हुने समय, बसन्त ऋतु सबैलाइ मन पर्ने ऋतु, न जाडो न धेरै गर्मी । आहा जंगलहरुमा विरुवाहरुले नयाँ पालुवा फेदै गरेका, फुलहरु फुल्दै गरेका मगमग वासनाहरु । मौसम आफनै गतिमा अगाडी बढिरहेको छ । बनमा न्याउली चरिले बिगतका बर्षहरु झै हर्षका गितहरु गाइरहेका छन ।
बनमा काफल पनि समयै पाकेका छन । बोट विरुवाहरुले पालुवा फेदै बन जंगललाइ नयाँ रुप दिदै छन । मौसमी वाताबरण आफनै गतिमा छ । विगतका बर्षहरु भन्दा बोट विरुवा तथा प्रकृतिको लागी यो बर्ष कति अनुकुल बर्ष । तर हामी मानिसहरुको लागी भने यो बर्ष कस्तो विपत्तीको बर्ष ।
हाम्रा रहर ,हाम्रा सपना,हाम्रा चाहाना आज बन्द कोठामा कुण्ठित छन । हामी त्यो दिनको प्रतिक्षमा छौ जुन दिन बाँचेर खुल्ला धर्तीमा स्वतन्त्र तरिकाले जिउने दिन कहिले आउला भनेर । हामीले हिजो बिताएको चोला, कति चाँडै सपना जस्तो लाग्न थाल्यो ।
के फेरी हामी स्वतन्त्रपुर्वक हिजो जस्तै अवस्थामा जीवनयापन गर्न सक्छौ की नाइ होला यस्तै भावना मनमा खेल्न थालिसकेका छन । तर अह हामीले केही भुलेका छैनौँ काही हराएका छनौँ । हामी पक्कै पुरानै दिनमा फर्कने छौ यो आशा र भरोषा सबैको मनमा हुन जरुर छ । मात्रै हामी त हाम्रो सुरक्षाको लागी केही समय यो अवस्थाको सामना गरेका हौ ।
हामीले यतिबेला धैर्यता पुर्वक यो अवस्थालाइ पार गर्नु पर्छ । विश्व महामारीको रुपमा मानिसहरु सग लडदै आइरहेको कोरोना भाइरसलाई जित्न हामीले जति सक्यो उति सावधानी अपनाउनु पर्छ । अहिले हामी आत्तिने र अनेक थरि सोचेर हाम्रो रोग प्रतिरोधोत्मक क्षमतालाइ कमजोर बनाउने होइन । हाम्रा सपना पुरा गर्ने दिनहरु अर्को बर्ष पनि आउलान । बसन्त ऋतु पनि अर्को बर्ष अवश्य आउने छ । तर यतिबेला कोरोना भाइरसको विश्व भरि सल्कदै गएको आगो निभाउन सबै लागौ ।
यतिबेला विश्व भरिएका करोडौं मानिसहरु आफ्ना सुनौला सपनाहरु भुलेर कसरी बाच्ने भन्ने चिन्तामा छन । कयौं सपना बोकेका मान्छेहरू कोहि क्वारेन्टाइनमा छन, कोहि आइसिलेशनमा छन कोहि मृत्यु सग लडिरहेका छन । हामीले यस्ता दृश्य तथा अवस्था बाट सिक्ने पाठ भनेको कसरी कोरोना बाट आफू पनि बाँच्ने र अरुलाइ पनि बचाउने भन्ने हो । हरेक जोखिम, पीडा, समस्या,अभाव भए पनि आफ्नो घर भित्र नै बसौ ।
यतिबेला सानो लापरबाही हाम्रो परिवार समाज र देश सखाप हुन सक्छ । कोरोना भाइरस सग नेपाललाइ तुलना गर्दा हामी त भाग्यशाली हौ । अहिले नै अमेरिका ,स्पेन,इटाली जस्तो त संकट आएको छैन । यस्तो संकट पनि नआओस । आज त्यहाँका अर्बपति खर्बपतिहरु सारा धनसम्पती सडकमा फालेर ज्यान बचाउने सुरक्षित स्थानको खोजीमा छन । उनीहरु हाम्रो देश नेपाल सुरक्षित भएको थाहा पाइरहेका होलान । त्यहाँ भएको भए यस्तो संकट हुने थिएन होला भनेर कल्पना गरिरहेका होलान ।
यी विश्वका यतिबेला भैरहेका घटनाक्रमहरु बाट हामीले पाठ सिक्ने र सन्तुष्टि लिने थुप्रै आधारहरु छन । लकडाउनले हाम्रो मन मस्तिष्कमा कुनै पनि खालको मानसिक तनाब सृजना नगरोस त्यो अरुको भन्दा हाम्रै हातमा छ । हामीले कोठामै बसेर पनि आफुलाइ धेरै ब्यस्त बनाउन सक्ने धेरै कामहरु छन । अरु केही नभए पनि हामी महिलाहरुले सिलाइ बुनाइ, विभिन्न सजावटका फुल बनाउने, दुना टपरी खुट्ने, मिठा मिठा खाने कुरा बनाउने , करेसा वारि गोडमेल गर्ने घर आगन सफा राख्ने इत्यादि कामहरु हामी घर भित्रै बसि बसि मज्जाले गर्न सक्छौ । यहि विचमा हामीले पारिवारिक नयाँ सभ्यताको बिकास पनि गर्न सक्छौ ।
रो बिचारमा शहरमा भन्दा गाँउमा लकडाउन बिताउन धेरै सजिलो छ । खतराको दृष्टिकोणले शहर भन्दा गाउ सुरक्षित पनि छ । गाँउमा यतिबेला गँहु भित्राएर मकै लगाउने मौसम पनि सुरु भएको छ । सायद धेरै शहर पसेका मानिसहरु दुखकष्ट सहदै गाँउ फर्कि सकेका छन । गाँउमै ब्यस्त छन । शहरमा बसेकाहरुलाइ पनि मलाइ लाग्छ समय बिताउन खासै समस्या छैन । हाम्री आधुनिक जमानाका मानिसहरु नेट इन्टरनेटको पहुँचमा छौ । हाम्रो समय विताउन अघिपछिको पनि साथी सामाजिक सञ्जालको प्रयोग बाट मनोरञ्जन लिइरहेका छौ । बरु यसको प्रयोग बाट नयाँ नयाँ कुरा सिकेर आफु निपुण बनौँ ।
धन्यवाद मधुमाला दाङ