सिडिओ कार्यालयले दुई साता अघि दिएको पासलाई अाज मंगलबार सम्मका लागि मान्य हुनेछ । यसकाे सट्टामा अब ई-पासका ब्यवस्था गरिएको छ ।
तपाईँले लकडाउनका बेलामा इमर्जेन्सी सवारी साधन चलाउनुपर्ने भएमा मोबाइलमार्फत १११२मा म्यासेज गर्नुपर्छ। यो म्यासेज गर्नेवित्तिकै epass.moha.gov.np लिंक आउँछ। त्यो पेजमा आफूले सवारी साधन चलाउनुपर्ने कारण उल्लेख गर्नुपर्छ। पत्रकार भएमा प्रेसपास, खाद्यान्न, खानेपानी, ग्यास भए कम्पनीको विवरण हालेर सबमिट गर्नुपर्छ।
त्यसपछि कुन जिल्लाका लागि आवश्यक हो त्यो पनि हाल्न सकिने अप्सन छ। त्यो वाहेक चितवनबाट काठमाडौं आउने भएमा त्यो क्षेत्र उल्लेख गर्नुपर्छ। त्यो सबमिट भएपछि सिडिओ कार्यालयले हेरेर एसेप्ट वा रिजेक्ट गर्छ। सिडिओ कार्यालयले रिजेक्ट गरेको जानकारी पनि मोबाइलमा दिन्छ।
एसेप्ट गरेमा ६ अंकको नम्बर आउनेछ।
सुरक्षा निकायले कसरी थाहा पाउँछन् त? सवारी साधन धनीले प्रहरीलाई ६ अंकको नम्बर दिन्छ। त्यो नम्बरलाई प्रहरीले आफ्नो मोबाइलमा राखेर हेर्छ। मोबाइलमा राख्ने वित्तिकै गाडीको सबै डिटेल आउने गरि सिस्टम बनाएको स्रोतले बताएकाे छ।