
आफै भन्दा गह्रौं भारी बोकेको छ यो ज्यानले
बाह्रै मास गर्मी जाडो भोगेको छ यो ज्यानले ।
बुझ्ने भयौ,परिपक्व छौ अब तिमी आफैमा
मतलवी बेमतलवी प्रहारहरु धेरै सहेको छ यो ज्यानले।
बिनास्वार्थ आपत्तिमा सहारा बनिदेउ,जिम्मेवारी तिमीमा छ
कयौँ जन्जिरले बाँधिएको शासनमा चलेको छ यो ज्यानले।
ठिक बेठिक कयौँ लातहरु छातीमा नबझारिएको कहाँ होर
लिलामीको खबर पाउदासम्म श्वास फेरेको छ यो ज्यानले।
स्वार्थी मन गलत कदम कति चोटले हृदय टुक्रायौ ?
आशु पनि आँखाबाट बहन रोकेको छ यो ज्यानले ।
नाेट : सरिता खालिङ्ग राई विषेश गरि युवा पुस्तालाई लक्षित गरि गजल तथा साहित्य रचना रच्ने सिर्जनात्मक ब्यक्ति हुन ।खाेटाङ निवासी राइका थुप्रै थुप्रै साहित्य सृजनाहरु विभिन्न संचार माध्यमबाट प्रकाशित हुदै आएका छन ।पाठकहरुले धेरै रुचाउने साहित्य सिर्जनामा राइका साहित्य सामाग्रीहरु पनि प्रमुख स्थानमा पर्छन ।यर्थात घटनाक्रम हरुलाई साहित्य रुप दिएर पाठकलाई माेहित पार्ने राइकाे अर्को कला हाे ।