कोरोना शंकास्पद देखिएको भन्दै स्वाबको नमुना पुनः परीक्षणको लागि केन्द्रीय प्रयोगशाला टेकु काठमाडौं पठाईएका रुकुम पश्चिमका २ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
दुबैजनामा कोरोना भाइरस संक्रमण रिपोर्ट नेेेगेटिभ आएको कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिएका छन । उनलेे संक्रमण नदेखिएको तर सतर्कता भने अपनाउनु पर्ने बताए ।
बाँफिकाेट गाउँ पालिका २ जनामा र्यापिड टेस्ट बाट पाेजेटिभ देखिएपछि थप परिक्षण मा काठमाडौ पठाइएको थियो । संका गरिएका २ जनालाई पश्चिम रुकुमको चाैरजहारि अस्पतालकाे आइसाेलेसनमा राखिएको छ ।
उता निजहरूको गाँउमा पनि प्रयाेगशाला सुर्खेतबाट खटेकाे स्वास्थ्यकर्मीकाे टाेलीले आफन्त र अन्य उनिहरु सग घुलमिल भएकाहरुकाे स्वास्थ परिक्षण गरेको थियो ।सबैकाे नेगेटिभ देखिएपछि गाउलेहरु खुसि भएका छन ।