
भेटिएन खै! बास बस्ने घर जिन्दगीको!
टुड़्गिन्छ कि अब त सफर जिन्दगीको!!
संघर्षको पाइलाहरू संघर्षमै थाकिसके!
न त अन्त्य न लक्ष्य बेखबर जिन्दगीको!!
मेरो हारमा रमाउनेको जमात हुँदा हुँदै!
महंंगो भो तिर्न सकिन कर जिन्दगीको!!
मात्र कल्पनामा बिते सारा खुसीहरू मेरा!
मुस्काएन कहिल्लै पनि अधर जिन्दगीको!!
कुन साथको अपेक्षा गरौँ तिमी बाट अब!
तिम्रो आगमनले रित्तियो रहर जिन्दगीको!!
रिता खड्का त्रिलता