
नेपाली काँग्रेस आठबिसकोट नगरपालिका समितिले संकटमा परेका नागरिकहरुको लागि नगर सरकारलाई सघाउदै विभिन्न सहयोगका गतिबिधिहरु संचालन गदै आएको बताएको छ । नगर भित्र निःशुल्क ढुवानी सेवा, नगरभित्रका बिरामीहरुलाई अस्पताल सम्म ल्याउने र घर पु¥याउने,खाद्य सामाग्रीहरु निःशुल्क ढुवानी आदी कामहरु गरेको नगर सभापति कमल शाहले जानकारि दिए । सभापति शाहका अनुसार विभिन्न वडामा करिब ६० परिवार जतिको निःशुल्क खाद्यान्न ढुवानी,दुइ दर्जन जति बिरामीहरुलाई अस्पताल ल्याउने र घर लिने जस्ता कामहरु नगरपाटीको तर्फ बाट चैत्र १० गते देखि संचालन गरिएको हो ।
पाटीले निर्णय गरेर कोरोना भाइरसका कारण प्रभावित बनेको नागरिक जनजीवनलाई सहज बनाउन यस्तो कार्य गरेको नेका नगर कमिटिले जनाएको छ । सहयोगका कामहरु निरन्तर अगाडी बढिरहेका थिए तर कर्णाली प्रदेश सरकारको निर्णय अनुसार नगर सरकारले राहत वितरण तथा उद्दारका कामहरु ब्यक्ति वा संस्थाले गर्न नमिल्ने भन्ने निर्णय गरेपछि रोकेको पनि शाहले बताए ।

अब नगर सरकार सग सहकार्य गरेर राहत तथा उद्दारका कामहरु गरिने छ सभापति शाहले भने । राहत वितरणको लागि खाता समेत संचालन गरिएको छ । आठबिसकोट नगरपालिकाको आयोजनामा दुइ हप्तामा निर्माण गरिएको आइसोलेसन भवनमा पनि नेपाली काँग्रेस नगर समितिले करिब ५० हजार पाँच सय बराबरको बालुवा दुवानी गरेर सहयोग गरेको हो ।

कतिपय अवस्थामा राज्य सग सहकार्य गरेर कतिपय ठाँउमा अवस्था हेरेर सकेको सहयोग गरेको नेका आठबिसकोट नगरपालिकाले जनाएको छ । नगरपालिकाका विकट तथा पिछडिएका बस्तिहरुमा समेत निःशुल्क खाद्यान्न ढुवानी गरिएको थियो । यसको लागि एउटा जिप र टिप्पर पाटीले दैनिक परिचालन गदै आएको आयोजकले जनाएको छ ।