
केशव खड्का /रुकुम पश्चिम
मलाइ विपि काेइराला हरतवरले मनपर्ने मान्छे हुन । विपिलाई मैले चिनेको पहिलाे चिनारी स्कुले पाठ्यक्रम नै हुन । उनका बिबिध साहित्यक बिधाहरुबाट म साह्रै प्रभावित बचपन बाटै भएको हुँ ।
उनका धेरै कृतिहरु पढेको छु । पछि उनका साहित्यक योगदानहरुबारे पनि जानकार भए । उनका संघर्ष,उनका दर्शन संग पनि परीचित भए त्यसपछि मलाइ बिपि झनै मन पर्न थाले । म साहित्यक र राजनितिक रुपमा नजानिदो तवरले बिपिकाे ठुलो फ्यान बन्न पुगे ।
मलाइ स्वतन्त्रताका दर्शन,उदारताका दर्शन समर्गमा भन्दा प्रजातान्त्रिक दर्शन खुब मनमा पस्यो । संसार यसरी नै चल्नुपर्छ भन्ने छाप पर्यो ।
म विभिन्न तवरमा यही दर्शन संग स्कुले जिवनबाटै सम्मुख भएर हिन्नुपर्ने परिस्थिति बन्यो । परिस्थिति बाट अनेक हन्टर सहदै यहाँ सम्म आउदा अनेकौं सम्झना लायक पलहरु बाँचेर आएको छु ।
आज बिश्व दाइको जन्म दिन परेको दिन मैले एउटा रमाइलो क्षण सम्झन मन लाग्यो ।केही समय पहीले नेबिसंघ मकवानपुरको प्रवक्ताका रुपमा काम गर्ने अवसर प्राप्त भयो ।
म खास समयमा बिचार प्रबाह र सांगठनिक दैनिकीको अपडेटमा बसेर काम गर्थे । त्यसबेला सरकारले बिबिध कानुनहरुबाट स्वतन्त्रताको पक्षमा धावा बोलेको भन्दै बिबिध संगठनहरु बिबिधरुपमा सरकारलाइ दबाब दिइरहेका थिए ।
यसै बिच नेबिसंघ मकवानपुरले आकस्मिक बैठक बोलाउदै सरकार बिरुद्ध राकेजुलुशको कार्यक्रम बनायो । राकेश जुलुशको प्रदर्शनलाई सभ्य बनाउने बिषयमा पहिलेदेखी नै हामी सचेत थियौं ।
प्रदर्शन लगाइने नाराको अन्तिम रुपमा अध्यक्ष राजु खतिवडा दाइ र म बसेर दिएका थियौं । ११ बटा नारा तय थिए।सबै नाराहरु सभ्य र सालिन शब्दमै हामीले बनाएका थियौं ।
त्यो साँझ प्रदर्शन अघि सहभागी सबैलाई अध्यक्ष खतिवडा र अन्य नेताहरुले बिफ्रीङ गरेपछि राकेशजुलुशले बजार प्रबेश गर्यो ।
चोकचोकमा प्रहरीर र शसस्त्र प्रहरी राखिएको थियो । अनेकौं घेरा तोर्दै प्रदर्शन हेटौंडा बजार लगभग छिचोल्दै प्रशासनलाई चक्मा दियो । प्रदर्शन ब्यापक र सफल भएको भन्दै नेताहरु खुशी थिए । लगभग १० बजेतिर म खान खाएर कोठा आइपुगे ।
कोठामा आएर सामाजिक सञ्जाल हेरेको मात्र के थिए,सञ्जाल तातिसकेको थियो । विभिन्न पेजहरुमा प्रदर्शनको नाराबाजीको भिडियो क्लीप आइसकेको थियो । लाखौं भ्यु र शेयर धामाधम भइरहेको थियो । हामीले तय गरेका नारा भन्दा पृथक सिधै प्रमलाइ गाली बेज्जती गरीएको नाराहरु सञ्जालभरी घन्कीरहेका थिए ।
त्यतिबेला संयोगले प्रम अस्पतालमा रहेकाले पनि मानबिय संबेदनाका गाली हामी माथी बर्सिरहेका थिए । कमजोरी भयो भन्न मलाई भइसकेको थियो । प्रदर्शनको व्यवस्थापन प्रहरीको हस्ताक्षेप गर्न नसकिएको र सहभागीहरु उग्र भएको अबस्थाले यो स्थिति बन्न पुगेको थियो ।
करीब १२ बजेतिर केन्द्रीय प्रवक्ता बिश्वप्रकाश शर्माको ट्रवीट आइहाल्यो । झापाको गौरादहमा त्यहीदिन यही संगठनले प्रमको स्वास्थ्यलाभको कामना सहीत दिप प्रज्वलन गरेको रहेछ ।
हेटौंडाको आन्दोलन र गौरादहको दिप प्रज्वलनको फोटो राखेर प्रवक्ता शर्माको कडा टिप्पणी आयो । हेटौंडाको असभ्य आन्दोलन नामकरण केन्द्रीय प्रवक्ताको आएपछि यहाको ट्वीटमा सदन जस्तो सडक हुदैन भन्दै मैले पनि नेबि संघ मकवानपुरको तर्फबाट कडा ओठे जवाफ उहालाई फर्काइदिए । सुतियो,बिहान ६ बजेतिर उठ्दा बिश्वप्रकाश दाइको मेसेज ट्रवीटरमा आएको रहेछ । उहाँको यो के हो? के भनेको ? भनेको भन्ने अभिप्राय बुझ्न सकीन्थ्यो ।
मैले दाइ रिसाउनु भो भन्ने ठानियो । यत्तिकै बसियाे । दिनभर बिश्वदाइले मेरो बारे धुप्रै खोजिनिती गरीसक्नु भएको रहेछ । इन्द्र बानिया दाईसग,राजु खतिवडा दाइ लगायत संग यो सबै कुरा गरीसक्नुभएको रहेछ ।
म कलेजबाट कोठामा करीब ४ बजे आए । एकछिनमा नया मोबाइल फोनबाट कल आयो । त्यो दिन धेरै जिल्ला स्थित र अन्य नेताको फोन आइरहेको र बिबिध कुरा गरीरहेकाले मन स्थिर थिएन ।
फोन उठाए । फोनमा आवाज आयो :केशब भाइ जय नेपाल नमस्कार ,म बिश्वप्रकाश शर्मा ,
म झल्यांस भए । दाइ नमस्कार भने । गाली पाउछु । कार्बाहीको जानकारी पाउछु भन्ने मनमा लाग्यो । जे होस होस भनेर मन ढुक्क बनाए र भने ,अँ दाइ दाइले चित्त दुखाउनु भोकी जस्तो लाग्यो तर मेरो आशय त्यो हैन दाजु भन्न भ्याए ।
बिश्वप्रकाश लामो हासेर जवाफ दिए ,म रिसाएर,चित्त दुखाएर तिमिलाई गाली दिन हैन भाइ स्याबासी ,एउटा नेताले सिधा प्रश्न गर्ने हिक्मत राख्यौं तिमिलाइ धेरैधेरै धन्यवाद छ । माया छ भन्न कल गरेको हुँ।
म झन अक्कबक्क परे। के भनौं भनौं भो । मोबाइल हेरे र झट्टपट्ट मोबाइल कललाई रेकर्डिङमा राखे । बिश्व दाइ बोल्दै जानु भो, प्रश्न गर्ने,खबरदार भन्ने तिमिहरुले नै हो तर गलत कुराको फेर समातेर म नै ठिक भन्न हुन्न ।
आन्दोलनमा त्यस्तो हुन्छ,सकभर हुन नदिने हो । भइहाल्यो अब माफि मागेर राजनितिक संस्कार कायम गर्ने बस।हामीले नि यो संस्कार नबसाए कस्ले गर्छ । तिमिले भनेको पनि ठिक छ,मैले भनेको पनि ठिक छु भन्दै प्रश्न गर्ने हिक्मत राखिराख्नु भन्ने आशय ब्यक्त गर्नु भो ।
करीब १४ मिनेटको बिश्वदाइको कुराकानीमा थुप्रै व्यक्तिगत र अन्य कुरा भए । बिश्व दाइको त्यो पहिलो फोनले ममा अनौंठो डेरा जमायो अझ उहाँको कुराहरुले मनमा अकैं उर्जा थपिदियो ।
कहिलेकाही फोन हुन्छ । दाइ सँगको त्यो पहिलो कल सम्झना मन लागिहाल्छ । आज पनि यो स्मृति लिपि बद्ध गर्नु अघि फोन कलमा त्यही कुरा सम्झीयौं,हामी दुबै मजाले हासीयौं ।
अन्त्यमा,
बिश्व दाइ आज तपाइको जन्मदिन,तपाइलाई धेरैधेरै शुभकामना,धेरैधेरै माया ।
लेखक खड्का बन बिज्ञान लेखक खड्का बन विज्ञान स्नातक तहमा अध्ययनरत छन ।