
कैयौँ पीडा सहेर जन्म दिने आमा विहिबार उनै आमाको मुख हेर्ने दिन अर्थात माता तिर्थ औशी । कति सन्तानका आमा होलान कति सन्तानका आमाका नहोलान । आमा भएका सन्तानहरु पनि विश्व ब्यापी महासंकटका कारणले भेट हुने अवसर बाट बञ्छित भएका होलान। सबैलाई आमा प्रतिको गहिरो प्रेम हुने नै भयो । त्यसैले बिहिबारको दिन छोराछोरीको लागि महत्वपुर्ण दिन हो। यस्तो संकटपुर्ण अवस्था भएपनि मानिसहरु आमाहरुलाई विभिन्न तरिकाले सम्झीरहेका छन । कोही फेसबुकमा फोटा राखेर कोही फोन गरेर कोहि प्रत्यक्ष भेट भएर ।
तर क्यानडामा बस्दै आएका समाजसेवी बसन्त कार्कीले भने आमालाई भिन्नै तरिकाले सम्झे । केहि बर्ष अगाडी निधन भएकी आफ्नी आमाको सम्मानमा कार्कीले एनआरएनए क्यानाडाले स्थापना गरेको कोरोना आकस्मीक राहत कोष ५०५ डलर जम्मा गरेर आमाको सम्झना गरेका छन । मेरि आमा यो धर्तीमा हुनुहुन्न मेरी ममतामायी आमा कमला देबी कार्कीको सम्झना र सम्मान गदै ५०५ डलर प्रदान गरेको छु उनले भनेका छन । यो अवसर प्रदान गरेकोमा एनआरएनए क्यानडालाई पनि आभार ब्यक्त गर्छु । कार्कीले केहि दिन अगाडी पनि आफ्नो जन्म दिनमा समस्यामा परेका नेपालीहरुलाई राहत वितरण गरेर मनाएका थिए ।

समाजसेवामा निस्वार्थ भावले प्रकट हुने कार्कीले क्यानडा बाट माउण्ट एभरेष्ट टेलिभिजन संचालन गर्ने तयारीमा छन । हाल विश्वका विभिन्न मुलुकमा नेपालीहरुको अवस्था कस्तो छ भनेर सरोकारवाला पक्ष सग उनले विश्व नेपाली बहस कार्यक्रम संचालन गरेर सबैलाई जिम्मेवार बनाउन पनि भुमिका खेलिरहेका छन ।