
लकडाउनका कारण भक्तपुरमै अडकिएर बसेका रुकुमका विद्यार्थीहरुलाई राहत वितरण गरिएको छ । पश्चिम रुकुम त्रिबेणी गाउँपालिका का ३० जना विद्यार्थीहरु लाई राहत वितरण गरिएको हाे
त्रिवेणी गाउँपालिका वडा नम्बर ७ का केशब खड्काले विद्यार्थीहरुलाई सहयोग गरेका हुन । उनीहरुलाई प्रतिव्यक्ति ५ आईटम चामल, दाल, तेल, साबुन र चाउचाउ बितरण गरिएको हो ।
कडाउनका कारण सबै विद्यार्थीहरु एउटै ठाउँमा जम्मा हुन नसक्ने भएकाले विद्यार्थी धर्मजित ओली र लाल बहादुर खड्कालाई जिम्मा लगाएको छ । उनिहरुलाई आइतबार राहत वितरण गरिएको हाे ।खड्काकाे सहयोग बाट विद्यार्थीहरु खुसि भएका छन । घरबाट पैसा पठाउने अवस्था नभएको र बजारमा पनि सहज रुपमा सामान किन्न नसक्ने भएकाले उनीहरुलाइै केहि राहत होस भन्ने हेतुले सहयोग वितरण गरिएकाे केशव खड्काले बताए ।
करिब ३० हजार बराबरकाे राहत वितरण गरिएको खड्काले बताए । लकडाउन सम्मलाई पुग्ने र समस्या र अफ्ठेरोको आधारमा अन्य सहयोगी नियकायहरु सँग समन्वय गरि आगामि दिनहरूमा पनि विद्यार्थीहरु लाई सहयोग गरिने खड्काको भनाइ छ । सहयोग गर्ने खड्का हाल प्रदेश वन मन्त्रालय बुटवलमा कार्यरत छन ।