
नेपाल विद्यार्थी संघ (नेविसंघ)का पूर्वमहामन्त्री कुन्दनराज काफ्लेले सरकारले स्थापना गरेको कोरोना राहत कोषमा दुई लाख रुपैयाँ सहयोग गरेका छन ।
केहि दिन अघि मात्रै बैवाहिक जीवनमा बाँधिएका काफ्लेले बिहेको खर्च कटौती गरेर राहत कोषमा नगद सहयोग गरेका हुन ।
सोमबार स्वास्थ्य मन्त्रालय पुगेर स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई दुइ लाख नगद हस्तान्तरण गरेका हुन । रकम हस्तान्तरण गर्न उनी श्रीमती मेनुका सहित स्वास्थ्य मन्त्रालयमा गएका थिए ।

अनावश्यक खर्च कटौति गरेर आफु राहत कोषमा उक्त रकम जम्मा गरेको काफ्लेले बताए । उनले भने नागरिकको उपचारमा राज्यले सुरु गरेको अभियानलाई सहयोग गरेको छु । काफ्ले नेबिसघको राजनितिमा प्रभाब राख्ने नेताको रुपमा चिनिन्छन ।