
उद्योग वाणिज्य संघ सल्यानले जिल्लाका १० वटै स्थानीय तहहरुलाई आर्थिक सहयोग गरेको छ । कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा सहयोग गर्ने उद्देश्यले एक स्थानीय तह बराबर १५ हजार रुपैयाँको दरले आर्थिक सहयोग उपलब्ध गराएको हाे । उद्योग बाणिज्य संघ सल्यानकाे तर्फबाट सबै स्थानीय तहहरुलाइ एक लाख ६० हजार आर्थिक सहयोग गरेको अध्यक्ष वीर बहादुर चलाउनेले बताए ।
सोमबार शारदा नगरपालिका प्रमुख सुरेश अधिकारी लाई नगद हस्तान्तरण गर्दै अध्यक्ष चलाउनेले कोरोना संक्रमण रोकथामका लागि स्थानीय सरकारले चालेका कदमहरु प्रभावकारी रहेको जनाउँदै कोरोना विरुद्ध सबै एक हुनका लागि सानो सहयोग गरिएको बताए । शारदा नगरपालिकालाई संघको कोष बाट १५ हजार र छुट्टै कार्य समितिको तर्फबाट १० हजार संकलन गरि जम्मा २५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको थियो ।
सो अबसरमा स्थानीय तहका प्रमुख हरुले मुलुकमा कोभिड–१९ को जोखिम नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको समयमा दैनिक छाक टार्न समेत धौधौ हुने वर्गका लागि राहत वास्तविक पिडित समक्ष पुर्याउइने बताएका छन । उद्योग वाणिज्य संघले एकसातामै १० वटै स्थानीय तहलाइ आर्थिक सहायता प्रदान गरिएको छ ।
कार्यक्रममा संघका निबर्तमान अध्यक्ष शुधन श्रेष्ठ,वरिष्ठ उपाध्यक्ष कुमार बुढाथोकी, वाणिज्य उपाध्यक्ष दिपक वोहोरा,महासचिव भरत बस्नेत,कोषाध्यक्ष काली बहादुर भण्डारी,सदस्य अशोक बोहरा लगाएतको उपस्थिति मा राहत बितरण गरिएको थियो ।यसै बिच लकडाउनमा फसेका यात्रुलाई संघको सहयोगमा खाना र खाजाको ब्यबस्था पनि गरेको छ।