
आन्तरिक झगडा छाडेर काेराेना प्रति गम्भीर बन्न अमेरिका बाट नेपाल सरकारलाई आग्रह गरिएको छ ।सत्तारूढ दल नेकपा भित्र आन्तरिक झगडाले गर्दा काेराेना भाइरस राेकथाम कार्य प्रभावित हुन सक्ने भन्दै यस्तो आग्रह गरिएको हाे ।नेपाली काँग्रेसकाे अन्तर्राष्ट्रिय संगठन नेपाली जनसम्पर्क समितिले एक विज्ञप्ति जारि गर्दै सरकारलाई बेमौसमी कार्य नगर्न समेत चेतावनी दिएको छ । कहिले अनावश्यक अध्यादेश ल्याउने ,कहिले संबिधान कुल्चेर अगाडि बढन खाेज्ने जस्ता कार्यले लाेकतन्त्रकाे उपहास भएको भन्दै आपत्ति जनाएको छ ।
यस्तो संकटको अवस्थामा सरकार आफैंले विभिन्न अनावश्यक गतिविधि संचालन गरेकाले देशमा काेराेना भन्दा अरु विषयले बढि महत्त्व पाएकाे भन्दै आपत्ति जनाइएको छ ।पछिल्लो समय विश्व महामारीकाे इपिसेन्टर बन्दै गएको न्युयोर्क बाट मुलकमा बढिरहेका राजनीति घटनाक्रमकाे बारेमा ध्यानाकर्षण गराउनु पर्दा दुख लागेको छ विज्ञप्ति मा भनिएको छ।आम नेपाली नागरिक घरभित्र थुनिएको अवसर पार्दै नेपाल सरकारले जनमतको दुरुपयोग गर्दै, पटक पटक नेपालको संविधानको मर्म, भावना र आधारभूत मान्यताहरु प्रति गरेको निर्मम प्रहारले नेपाली जनसम्पर्क समिति अमेरिकाको गम्भीर ध्यानाकर्षण भएको छ ।
जनसम्पर्क समिति अमेरिकाका महामन्त्री मुनिन्द्र नेम्बाङ द्वारा जारि विज्ञप्तिमा भनिएको छ, सरकार संबिधानले प्रदान गरेका निर्देशन अनुसार संचालन हाेस र नेपाली नेपाली जनताको हितमा काम गराेस । आफ्नो आलोचना गर्नेलाई मुद्दा लगाउने,प्रेसलाई धम्काउने जस्ता कार्यले सरकारकाे शैली अराजक बन्दै गएकाे भन्दै आपत्ति जनाइएको छ । हाम्रो भाैतिक शरीर अमेरिका भए पनि हाम्रो भावना नेपालमा छ सरकारलाई नेपाली जनताको स्वास्थ्य सुरक्षामा गम्भीर बन्न अनुरोध गर्छाै महामन्त्री मुनिन्द्र नेम्वाङले भने ।