
पशुपति अन्नपुर्णा आश्रम संस्था प्रदेश ५ का प्रदेश प्रमुख तथा समाजसेवी कृष्ण प्रसाद नेपाल सम्मानित भएका छन । अमेरिकाको न्यूयोर्क राज्यको रोटरी क्लव अफ न्यूयोक क्विन्स वाट कम्युनिटि हिरो अवार्ड २०२० वाट नेपाल सम्मानित भएका हुन ।विश्वब्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि समुदाय स्तरमा रहि मानवीय सहायता राहत, उद्धार र जनचेतनाका लागि महत्वपुर्ण योगदान गर्ने ब्यक्तिहरु मध्ये बाट अप्रिल महिनाका गतिविधीहरुको मुल्याङन गरि उक्त अवार्ड समाजसेवी नेपाल लाई गरिएको अमेरिकाको न्यूयोर्क राज्यको रोटरी क्लव अफ न्यूयोक क्विन्सका अध्यक्ष नवराज के.सी.ले वताए ।
कोविड १९ (कोरोना ) निन्त्रणका लागि अप्रिल महिनाको २७ दिन सम्म गरेका मानवीय सेवाका क्षेत्रमा योगदान गर्ने विभिन्न ब्यक्तिहरु लाई यो सम्मान प्रदान गरिएको हो ।पाल्पा जिल्लाको तत्कालिन भैरवस्थानमा जन्म भई हाल रुपन्देहि जिल्लाको वुटवल लाई कार्यक्षेत्र बनाएका नेपालले पशुपति अन्नपुर्णा आश्रम संस्था, लायन्स क्लव अफ वुटवल मणिमुकुन्द युथ लगायत विभिन्न सामाजिक संघ संस्थाहरुवाट प्रतिनिधित्व गरि प्रदेश नं ५ का वुटवल लगायतका विभिन्न ठाउँहरुमा राहात तथा उद्धार सामाग्री प्रदान गरि महामारी नियन्त्रणका लागि सकृय रुपमा क्रियाशिल रहदै आएका छन ।
नेपाल मदिरा ब्यबसायी महासंघका निवर्तमान अध्यक्ष कृष्ण प्रसाद नेपाल लायन्स क्लव अफ वुटवल मणिमुकुन्द युथको पुर्व अध्यक्ष समेत हुनु। उनि गौतमवुद्ध सामुदायिक मुटु अस्पताल वुटवलका संस्थापक, पुर्णाकोट संरक्षण सम्बर्द्धन तथा विकास समिति सचिव, पाल्पा रुपन्देहि परिवारका सल्लाहकारका रुपमा रहेका नेपाल विभिन्न दजर्न वढि सामाजिक संघ, संस्थामा आवद्ध छन ।आफ्नो कार्यकाे मुल्यांकन गरि प्रदान गरिएको सम्मान तथा अवार्डले समाजसेवामा याेगदान गर्न थप प्रेरित गरेको नेपालले बताए ।